मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गत असोज ३० गते संकलन गरिएको १ सय ९३ जनाको स्वाब परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको हेेटौंडा उपमहानगरपालिकाका स्वास्थ अधिकृृत भोलाा नाथ चौलागाईंले जानकारी दिए ।
कोरोना पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिका र २ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका छन् । पुष्टि हुनेमा १४ जना महिला र २१ जना पुरुष रहेका छन् । ३५ जना मध्य पुन पाेजेटिभ ५ जना रहेका छन् ।
