मकवानपुर । मकवानपुरमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज ३० गते लिइएकाे १ सय ९३ जनाको स्बाब परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित मध्य १९ जना महिला तथा १९ जना पुरुष रहेका छन् ।
काेराेना भाइरस पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३३ जना,भीमफेदी र बकैया गाउँपालिकाका १/१ जना तथा हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना रहेकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
