मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । गत बुधबार काेराेना पाेजेटिभ देखिएका अध्यक्ष थापालाइ टाउकाे दुख्ने, जराे आउने, श्वाशप्रश्वाशमा समस्या देखिए पछी शुक्रबार ओम अस्पताल भर्ना भएका हुन् ।
कोरोना संक्रमणपछि होम आइसोलेशनमा रहेका अध्यक्ष थापा शनिबार स्वास्थ्यमा समस्या आएपछि ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा भर्ना भएका हुन् । अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । अहिले उनमा ज्वराे नियन्त्रणमा आएकाे, स्वाश्वप्रश्वाशमा समस्या नदेखिएकाेले स्वास्थ्य सुधाराेन्मुख रहेकाे अस्पतालले जनाएकाे छ ।