यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । ८ खेलमा ६ अंक जोडेको राजस्थान अन्तिमबाट दोस्रो स्थानमा रहेको छ । बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
शनिबार नै हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् । सारजामा हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली र छैठौँ स्थानमा रहेको चेन्नईबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एजेन्सी