मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरी भूमिका प्रशंसनीय रहेकाे बताएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६५ औ प्रहरी दिवस हेटौंडामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको पाैडेलले बताएका हुन् ।
‘विषम् परिस्थितिहरुमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतिपूर्ण जिम्मेवारीहरुले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको छ’ उनले भने ‘मुलुकलाई सङकट परेको बेलामा भुकम्प, महामारी, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप तथा दुघर्टनामा उद्धार तथा अन्य मानवीय सहायताका कार्यहरु, गम्भीर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलताले नेपाल प्रहरी जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्दैशित हुनुको प्रतिफल हो ।’

संगठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शुन्य सहनशिलता अपनाउनु जरुरी रहेको वताउँदै उनले भने – ‘पछिल्लो समय महिला तथा बालबालिकाहरु माथि भईरहेको दुब्र्यवहार, हिंसा तथा बलात्कारका घटनाहरुलाई गम्भिरतापुर्वक लिदैं अपराधिलाई कानुनी कठघरामा ल्याउन सशक्त ढंगबाट प्रस्तुत हुन आग्रह गर्दछु ।
विश्वब्यापी फैलिएको कोरोना महामारीले विगतको भन्दा फरक र अनपेक्षित अवस्था सिर्जना भएको र हिजोका दिनमा प्रहरी संगठनले निर्वाह गरेको भूमिकालाई फरक ढंगले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डलाई ख्याल गर्दै पुरा गर्नुपर्ने भएको छ भने नागरिकलाई समेत महामारिको विरुद्ध जुध्न विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तय गरेको सुरक्षात्मक उपायहरु अवलम्बन गर्न तथा गराउन प्रहरीले भुमिका निर्वाह गर्नुपरेको उनले बताए ।

कार्यक्रममा उनले अमर प्रहरी स्मारकमा रेथ चढाई श्रदान्जली समेत अर्पण गरे। कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘विषम परिस्थीतिमा प्रहरी परिरचालन सम्बन्धी मार्ग निर्देशन २०७७ को लोकार्पण समेत गरेका थिए। त्यसैगरी प्रहरी दिवसकाे अवसरमा उनले विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेका छन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले नेपाल प्रहरी समायोजन हुने क्रममा रहेको बताए । उनले अमर प्रहरी परिवारका आश्रीत परिवारजनलाई कदरपत्र प्रदान गरे । कार्यक्रम प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब मानबहादुर विके, आन्तरिक मामिला तथा कानून मनत्रालयका सचिब मदन भुजेल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रहरी दिवसकाे कार्यक्रममा मुख्यमन्त्री डाेरमणि पाैडेलकाे सम्बाेधनकाे पूर्ण पाठ