मकवानपुर । मकवानपुर जिल्लामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका ३२ जना मनहरी गाउँपालिकाका ९ जान , भीमफेदी गाउँपालिकाका १ जना र जिल्ला बाहिर २ जना गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
असाेज २७ गते संकलित २ सय १५ जनाकाे स्बावकाे परीक्षण हुँदा ४४ जनाकाे नतिजा पाेजेटिभ देखिएकाे हाे । संक्रमण पुष्टि हुनेहरुमा २० जना महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लाे समय मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ । बिशेषगरी हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमण पुष्टि हुनेको सख्या बढ्दै गएकाे नतिजाहरुले बताएकाे छ ।