मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयका एक जना कर्मचारीमा काेराेना भाइरस पुष्टि भएकाेले बुधबारबाट अत्यावश्यक बाहेकका सेवा आउँदाे कार्तिक १ गतेसम्म बन्द गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएको हुँदा कार्यालयका अन्य कर्मचारी र सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आज कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक बाहेकका सबै सेवा बुधबार दिउँसो १२ बजेदेखि कात्तिक १ गतेसम्म बन्द गरिएको जनाएको छ । प्रशासन कार्यालयले यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमाचना समेत मागेको छ ।