मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेकाे छ। ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए ।
नेपाल प्रहरी स्थापनाको सु-अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रवक्ता गिरीले जानकारी दिए । असोज ३० गते “६५ औं प्रहरी दिवस २०७७” मनाईने छ ।