मकवानपुर । मकवानपुरमा थप १ सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्य हेटाैडा उपमहनगरपालिकाका १ सय १० जना, बागमती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना रहेकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
संक्रमित मध्य ७७ जना पुरूष र ४८ जना महिला रहेका छन् । ३ जना मकवानपुर जिल्ला बाहिरका रहेकाे चाैलागाइले वताए । असाेज २५ गते लिइएकाे २९६ जनाकाे स्बाबकाे परीक्षण नतिजा साेमबार राती अाएकाेमा उक्त संख्यामा संक्रमित देखिएकाे हाे ।
