मकवानपुर । पछिल्लो २४ घण्टमा मात्र १ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका छन् । याे सँगै काेराेना संक्रमण निकाे हुनेकाे संख्या ७७ हजार २ सय ७७ जना पुगेकाे साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
यसै गरी पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । उनीहरुमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ प्रवक्ता गाैतमले बताए ।
हाल देशभर ३३ हजार ८ सय ८० संक्रिय संक्रमित छन् । १९ हजार ९ सय ५७ होम र १३ हजार ९ सय २३ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८ सय ८८ भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।
कहाँ कति थपिए संक्रमित ?
मोरङका २ सय २३ जना, सुनसरीका २ सय ४९, रुपन्देहीका १ सय २५, सुर्खेतका १ सय १, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसै गरी गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा संक्रमण देखिएको छ ।