मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५ सय ४२ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेकाे नियमित प्रेश बिफ्रिङ प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिए ।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २ सय २ रहेको थियो। मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको थियो। पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ५ सय ६३ पुगेको छ।
मंलगरबार असाेज २० गतेसम्म देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार १ सय १८ र होम आइसोलेसनमा १३ हजार ५ सय ९१ जना रहेकाे प्रवक्ता गाैतमले वताए।
यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।
यसैगरी बागमती प्रदेशमा मंगलबार एकैदिन १ हजार १५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ९९ जना महिला र ७ सय ५३ जना पुरुष गरी १ हजार १ सय ५२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
मंगलबार बागमती प्रदेशको काठमाडौंमा ७ सय ८३, काभ्रेमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा १ सय १६, मकवानपुरमा ६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, रामेछापमा २, ललितपुरमा १ सय १८ र सिन्धुलीमा २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको कूल संख्या २२ हजार ४ सय २५ जना पुगेको छ । यसअघि प्रदेशमा संक्रमण निको हुनेको संख्या २१ हजार १सय ८७ जना थियो ।
प्रवक्ता गौतमका अनुसार प्रदेशमा हाल ७ हजार २ सय ६८ जना आइसोलेशनमा, ८ हजार ४ सय ६२ जना होम आइसोलेशनमा, ४ सय ४२ जना क्वारेन्टाइनमा, २ सय २५ जना आइसियुमा र २९ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला रहेका छन् ।
तालिकामा हेर्नुहाेस






