मकवानपुर । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका वडा नंबर २ भैसेबाट लागू औषध नाईट्रोभेट सहित २ जना पक्राउ गरेकाे छ ।
त्रिभुवन राजपथ हुँदै काठमाडाैं जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध नाईट्रोभेट ८७० ट्याब्लेट सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक सतिश दमाल मगर र बज्र रोकाया रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भैँसे मकवानपुर बाट प्र.ना.नि. कुल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले उनीहरूलाइ नाईट्रोभेट ८७० ट्याब्लेट सहित पक्राउ गरेकाे र उनिहरु माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर राना जानकारी दिए ।
पक्राउ परेका मगर प्युठान मल्लरानी गाउँपालिका वडा नंबर ३ घर भई हाल जिल्ला काठमाडाैं बालाजु शान्तीटोल बस्ने वर्ष १८को र राेकाया कालीकोट घोचायबाडा गाउँपालिका वडा नंबर ३ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नंबर ३ बस्ने वर्ष १८ कै रहेकाे प्रहरीले बताएकाे छ ।