मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आज भएको छ ।
कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्। बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ। इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएकाे छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।