मकवानपुर । मकवानपुर एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २२ जनामा काेराेना पुष्टि भए सँगै संक्रमितकाे संख्या एक हजार ५ सय नाघेकाे हाे ।
आइतबार सम्म मकवानपुर जिल्लामा १० हजार ४ सय ५८ जनाको पीसीआर जाँच गरिएको मध्य एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाकारी दिएकाे छ । तर, तुलनात्मक हिसाबले मकवानपुर जिल्लामा कोरोना संक्रमण दर कम हुँदै गएको देखिन्छ ।
मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । पछिल्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको सेढाईले जानकारी दिए।