मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ६ मा भएकाे सुमो दुर्घटनामा थप १ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो हेटौंडाबाट काठमाण्डौ जाँदै ना १ ज ४१०६ नंबरको सुमो दुर्घटना भइ सडकबाट डेड सय मिटर तल खसेको थियो ।
सुमाे दुर्घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घटनास्थलमै मृत्यु भएका मृतकको अनुहार क्षतविक्षत भएकोले चिन्न सकिने अवस्था नभएकाे मकवानपुर प्रहरीले बताएकाे छ । तर साथमा भेटिएको कागजपत्रका आधारमा उनीहरूकाे साथमा रहेकाे नागरिकता र पासपाेर्टकाे अाधारमा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर रहेकाे प्रहरी उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
उपचारकाे क्रममा मृत्यु हुनेमा झापा जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यसै गरी दुर्घटनामा घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, रौतहट रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, सुमो चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र अन्दाजी ५ वर्षीय एक बालक रहेका छन् ।
घाइते ५ जनाकाे हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको बताइएकाे छ । घाइते मध्य ४ जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।