चितवन। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।