मकवानपुर । वाणिज्य बैंकहरुले ग्राहकरुलाई आर्कषण गराउन विभिन्न योजनाहरु ल्याउने गरेका छन् । यसै मध्यकाे याेजना बैंकले ग्राहकहरुलाई बचत खाता खोल्दैमा बीमा सुविधा दिने गरेका छन् । बैंकले ग्राहकहरुलाई एटीएम कार्ड,मोवाइल/अनलाइन बैंकिङ्गको शुल्क, कर्जाको ब्याजदरमा छुट, उच्च व्याजदर, निशुल्क डिम्याट तथा मेरो शेयर खाता समेत खोल्न सकिने सुविधा दिइरहेका छन् । त्यसमध्येको आकर्षक योजना भनेको बीमा सुविधा रहेको छ ।
बचतकर्ताले बैंकमा खाता खोल्दैमा घातक रोगको उपचार खर्च, दुर्घटना बीमा,मेडिकल बीमा र म्यादी जीवन बीमाको समेत सुविधा दिइरहेका छन् । केहि समय अघि बैंकहरुले निशुल्क बीमा भन्दै बचत खाताको योजना सार्वजनिक गरेका थिए। तर बीमा समितिले बीमा निशुल्क नहुने भन्दै आपत्ति जनाएपछि बैंकहरुले निशुल्क भन्ने शब्द हटाएर बीमाको सुविधा सहितको बचत खाता सञ्चालन गरिरहेका छन् । बैंकहरुमा बचत खाता खाेल्दैमा जाखिम समेत बहन हुने भएपछि सर्वसाधारणहरु समेत त्यस्ता योजना तर्फ आकर्षित हुन थालेका छन् ।
कुन बैंकमा खाता खोल्दा कति/कस्ताे बीमा सुविधा ?
बाणिज्य बैंकहरुले खचतकर्ताहरुलाई अधिकतम २६ लाख सम्मको बीमा सुविधा दिइरहेको पाएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंगको सहकार्यमा बैंकहरुले उक्त सूविधा दिइरहेका छन् ।
वणिज्य बैंकहरुले उनीहरुको वेवसाइमा राखिएको सूचना आधारमा सबै भन्दा धेरै कुमारी बैंकले २६ लाख रुपैयाँ सम्ममो बीमा सुविधा दिने गरेको पाइएको छ । कुमारीले सुरक्षा बचत खातामा सो बराबरको बीमा सुविधा दिन जनाएको हो ।
यस्तै दोस्रोमा एनआईशि एशिया बैंकले आफ्नो बचत कर्ताहरुलाई २१ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ । एनआईसी एशियाले बचत कर्तालाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, घातक रोगको लागि १० लाख र मेडिकल बीमा वापत १ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिईरहेको छ ।
सिद्धार्थ बैंकले पनि बचतकर्तालाई १४ लाख रुपैयाँ सम्मको बीमा सुविधा दिइरहेका छन् । सिद्धार्थले मेडिकल इन्स्योरेन्स, दुर्घटना बीमा र १८ घातक रोग विरुद्ध बीमाको लागि सो बराबरको रकम बचतकर्तालाई दिनेछ ।
सानिमा बैंकले ५० हजार रुपैयाँको मेडिकल बीमा, १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा र २५ हजार रुपैयाँ म्यादी जीवन बीमा गरी कुल १३ लाख ७५ हजार रुपैयाँको बीमा सुविधा दिइरहेको छ ।
यसैगरी सनराइज बैंकले बचत कर्ताको ५ लाख रुपैयाँको घातक रोगको बीमा र १ लाख रुपैयाँको मेडिकल बीमा सुविधा दिइरहेको छ । मेडिकल बीमाको रकममा २० हजार सम्म ओपीडी खर्च र ८० हजार रुपैयाँ सम्म हस्पिटल भर्ना भएमा उपचार खर्च पाउनेछन् ।
नविल बैंकले पनि बचत कर्तालाई म्यादी जीवन बीमा सहितको बीमा सुविधा दिईरहेको छ । बैंकले ७५ हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा,३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा गरी ३ लाख ७५ हजार रुपैयाँको सुविधा दिइरहेको छ ।
एनएमबी बैंकले घातक रोग विरुद्ध र दुर्घटना बीमा वापत १० लाख रुपैयाँ, एभेरष्ट बैंकले मेडिकल बीमामा १ लाख र दुर्घटना बीमा बापत ५ लाख गरी ६ लाख रुपैयाँ, हिमालयन बैंकले दर्घटना बीमा वापत ५ लाख, सिभिल बैंकले ५ लाख रुपैयाँको दुर्घटना बीमा र ५० हजारको मेडिकल बीमा सेवा दिनेछ । एनसीसी बैंकले पनि बचतकर्तालाई १० हजार रुपैयाँ बराबरको मेडिकल बीमा सुविधा दिइरहेको छ ।