मकवानपुर । मकवानपुरमा शुक्रबार प्रहरीले भीमफेदीबाट प्रहरीले २ सय २९ केजी गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो ।
९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । गाँजा बरामद गरेपनि प्रहरीले गाँजा ओसार पसारमा संलग्न र कोरोबारीलाई भने पक्राउ गर्न सकेको छैन ।
भारत निकासी गर्न लागिएको गाँजा ओसार पसार गर्ने र कारोबारी समेतको संलग्नता भएपनि ठुलो परिणामको गाँजा मात्र फेला पारेको रानाले जानकारी दिए । गाँजा ओसार पसारमा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीले जानकारी दिएकाे छ ।