मकवानपुर । ग्रामिण स्तरका कृषकहरुलाई आत्मनिर्भर मात्र नभई स्वराेजगारमुलक बनाउन महिला सशक्तिकरण तथा गरिवी निवारण समूह नेपालले वकैया गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरेकाे छ ।
सिंचाइकाे उचित प्रबन्ध भएकाे तथा कृषि पेशाबाट आफ्नाे जीवनस्तर उकास्न खाेज्ने बकैया ९ च्याउच्याउ र ४ नं वडाका कृषकहरुलाई संस्थाले साेमबार उन्नत जातकाे तरकारीका विरुवाहरु प्रदान गरेकाे छ । उन्नत जातका काउलि, वन्दा, गाेलभेडा, खुर्सानि लगायतका ४० हजार थान तरकारिका बिरुवा तथा अन्य आवश्यक कृषि सामाग्रि वितरण गरेकाे छ ।

COVID-19 Response and Socio-economic Recovery project अन्तर्गत संचालित कार्यक्रममा कृषकहरुलाइ साेमबार नै हजारि, स्प्रे, कम्पाेष्ट मल १०० वाेरा लगायतका कृषि सामाग्रि वितरण गरेकाे हाे । युएनडिपि तथा बकैया गाँउपालिकाकाे संयुक्त लगानी तथा संस्थाकाे आयाेजनामा भएकाे कार्यक्रममा संस्थाकी अध्यक्ष इन्दिरा न्याैपानेले उर्जाशिल कृषकहरुका लागि काम गर्न पाउँदा खुसि भएकाे बताइन। उनले कृषकहरुलाई आत्मवल बढाउँदै परिणाममुखी काम गरेर नमुना गाउँकाे रुपमा विकास गर्न हाैसला प्रदान गरिन ।
यस अघि संस्थाले वकैया गाउँपालिकाका साेहि स्थानमा कृषक समुहका लागि आँप, कटहर, लिचि, स्वेजन लगायतका विरुवाहरु वितरण गरेकाे थियाे । साथै साविक धियाल गाविसका कृर्षकहरुका लागि समेत उन्नत जातका वाख्रा प्रदान गरेकाे थियाे । कार्यक्रममा समूह नेपालकी अध्यक्ष ईन्दिरा न्याैपान, वकैया ९ का वडाध्यक्ष टंक ध्वज लाेप्चन , वकैया कार्यपालिका सदस्य लक्ष्मि माझी, कृषि प्राविधिक भिम तिमल्सिना, संस्थाका सदस्य कृष्ण प्रसाद घिमिरे स्थानिय कृषकहरुकाे सहभागिता रहेकाे थियाे ।