मकवानपुर । हेटौंडा १५ चुरियामाई नजिक ट्रक र ट्याक्टर ठोक्किदा एकको मृत्यु भएको छ भने तीनजना सामान्य घाइते भएका छन् । पूर्व पश्चिक राजमार्ग अन्तर्गत चुरियामाइमा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक बारा परवानिपुर गाँउपालिका वडा नं १ का २२ वर्षिय लालबाबु यादबकाे मृत्यु भएकाे हाे । दुर्घटनापछि हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । ट्याक्टरका सहचालक सोहि स्थानका १७ बर्षिय दिपेन्द्र कुमार मण्डल घाइते भएका छन् भने उनकाे अवस्था सामान्य रहेको छ ।
बाराबाट हेटौंडा चामल लिएर आउँदै गरेकाे ट्रकका चालक घनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ५ बस्ने बर्ष ३८ का गंगाराम महत्तो र सहचालक जिल्ला सिरहा कल्याणपुर नगरपालिका–८ का अभि साह सामान्य घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार गरिएको छ ।