मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी (GIC) को आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।
शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १ सय ७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।
कम्पनीले आइतबार एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने बताइएकाे छ ।
कम्पनीको शेयरमा आवेदन गर्नेको चाप बढेपछि मेरो शेयरमा कार्यालय समयमा समस्या समेत देखिएको थियो । मेरो शेयरमा समस्या आएपनि कम्पनीको आईपीओ आबेदन गर्नेको संख्या उच्च देखिएको हो । कम्पनीको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।