मकवानपुर । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका ७४ बर्षीय पुरुषको मृत्यु भएको छ । उनमा उपचारकाे क्रममा काेराेना पाेजेटिभ देखिएकाे थियाे । उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालका निर्देशक डा.दायाराम लम्सालद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख भएअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको शुक्रबार राति १२ बजेर १८ मिनेटमा निधन भएको हो । परीक्षणपछि उनलाई कोरोना संक्रमण भएको शुक्रबार मात्रै पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।