चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलसहर मध्यवर्ती सामुदायिक वनमा शनिवार बिहान सवा १० बजे घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीलाई बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।
यसअघि सोही क्षेत्रमा बाघले आक्रमण गर्दा एक जनाको निधन भएको थियो। भदौ २२ गते बाघले आक्रमण गर्दा भरतपुर–१३ कै ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो।