मकवानपुर । काेभिड १९ काे कारण लगाइएकाे लकडाउनले रोकिएका परीक्षा लोक सेवा आयोगले संचालन गर्ने भएकाे छ । आयाेगले शुक्रबार नयाँ तालिका सार्वजनिक गरेर परीक्षा संचालनकाे जानकारी दिएकाे हाे ।
आयोगले शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यसै गरी न्याय सेवातर्फका अधिकृत पदकाे सवै पत्र,व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षापरराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा संचालन हुने गरी सूचना प्रकाशित भएकाे आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जनाकारी दिए । उक्त पदहरूकाे परीक्षा कार्तिक महिनामा संचालन हुने सूचनामा उल्लेख गरिएकाे छ ।
यस्तै नायब सुब्बा पदको द्वितीय तृतीय पत्रको परीक्षा मंसिरमा हुने गरी परीक्षाा तालिका सार्वजनिक भएकाे छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको स्थगित अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण भने असोज अन्तिम साता हुने छ ।
‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइएकाे छ’ आयोगका सूचना अधिकारी सुवेदीले भने ‘तो0किएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने छ ।’ यसअघि अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।
हेर्नुहाेस परीक्षा तालिका