मकवानपुर । अहिले देशका ५ वटा प्रदेश पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको र यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दै गरेकाे कारणा वर्षा भइरहेकाे हाे विभागले वताएकाे छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा वर्षा भइरहेकाे छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाकारी दिएकाे छ।
त्यसै गरी असाेज ६ गते राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार सबै प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समत संभावना रहेको छ ।
यस्तै असाेज ७ गते बुधबार देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएकाे छ। विभागाका अनुसार असाेज ८ गते विहीबार देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा भइरहेकाेले र प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि माैसम विज्ञान विभागले जानकारी गराएकाे छ।