मकवानपुर / गत चैतबाट रोकिएका सवारीहरु आज विहीबारबाट चलाइने तयारी भएपछि हेटौंडाको ग्यारेजहरुमा बुधबारबाटै केही चहलपहल देखिएको छ । सवारी सञ्चालनको लागि पुर्व तयारीहरु सुरु गरिएको हो ।
कोरोना भाइरसको महामारीका कारण बन्द भएका सवारीहरु सर्भिसिङग मात्रै गरेर चल्ने अवस्थामा नभएको एक यातायात व्यवसायिले बताए । “गाडी बिग्रए जस्तै भएका छन्, खर्च/ नोक्सानीको कुरै नगरौं” यातायात व्यवसायि ध्रुब खड्काले भने । सरकारले कोरोनाको संक्रमणकाल जारी रहेकै बेला यातायत तथा होटलहरु सञ्चालन गरिकोले आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्धमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
आजबाट लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।