मकवानपुर । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले बुधबार १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको जनाएकाे छ ।