मकवानपुर । हेटौंडा लेडि जेसिजको जेसिज सप्ताह अन्तर्गत आज तेस्रो दिन रक्तदान कार्यक्रम आयाेजना गरिएकाे छ ।
हेटौँडा १ मा रहेको रक्त संचारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक दुर्गा बिष्ट ठकुरीले बताइन्। कोरोना भाइरसको संक्रमणको अवस्थामा रगतको माग भएकोले रगत अभाव नहोस भन्ने उदेश्यले जेसिज सप्ताहकाे कार्यक्रममा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक ठकुरीले बताइन ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सबिन न्यौपाने तथा नेपाल जेसिजकी कार्यकारणी उपाध्यक्ष शोभा खरेलको विशेष आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो।