मकवानपुर । मकवानपुरमा आइतबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार पुष्टि भएकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् ।
९६ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण भएको हो । सबै भन्दा बढी भीमफेदी गाउँपालिकाका ७ जनामा संक्रमण भएको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिए ।
आइतबार हेटाैडा १९ का २५ वर्षिय महिला, भीमफेदी गाँउपािलकाका २४ र ३६ वर्षिय महिला र ३६, ३६, २७,२६ र २५ वर्षिय पुरूषमा काेराेनाे पाेजिटभ देखिएकाे चाैलागाइले बताए ।
यस्तै राकसिराङ गाँउपालिकाका ५१ वर्षिय महिला र २५ वर्षिय पुरूषमा काेराेना पुष्टि भएकाे छ । थाहानगरका ३३, ४०, ४६ र ४९ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे चाैलागाइले जानकारी दिए ।
१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज
यसै गरी पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।
यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।