- एलिजा पुडासैनी
“बहिनी लेख लेख्नु भएको रहेछ मैले हेरेको थिए ।”
अफिसमा काममा व्यस्त थिए । यो आवाजले झस्कायो । टाउको उठाएँ । एक जना दिदी आफू सामुन्ने हुनुहुन्थ्यो। म उत्साहित हुँदै सोधे :
“कस्तो लाग्यो दिदी लेख ?”
राम्रै भन्नू हुनेछ भन्ने आशमा थियो मनामा । मान्छे स्वार्थी न हो सबैले सधैं माया र सम्मान आफैलाई गरोस भन्ने सोच्ने। म त्यही सोचमा राम्रो लेख्नु भएछ भन्नुहोला भन्नेमा थिए । तर दिदीले त त्यस्ता दुःख त भन्ने हो भने कति छन् कति छन् भन्दै कुर्सीमा बस्नु भयो । राम्रो नलाग्नेले किन सुनाउनु पर्यो त जस्तो लागेर रिसाउदै काम तिर नै लागे। कामको बिचमा त्यही कुरा आद आयो । फेरि सम्झे मलाई किन रिस उठेको मेरो कुरा सबैलाई मन पर्नु पर्छ भन्ने छ र ? “त्यस्ता दुःख त कति छन् कति ?”
यो वाक्य सम्झिरहे । सोचे उहाँलाई पनि केही भएको त छैन ? मनमा एउटा प्रश्न उब्ज्यो ।
उहाँ कुर्सीमा बसिरहनु भएको थियो । मैले उहाँलाई हेर्दै भने :
“खाजा खाने समयमा कुरा गरौला नि हुन्छ दिदी ?”
दिदीले मेरो कुरामा खासै ध्यान दिएजस्तो लागेन। दिदी आफ्नै पारामा बोल्नुभयो :
“तिमीहरूलाई जस्तो रजिस्टर लिएर यता र उता हल्लिन मलाई नि मन थियो नि ।”
दिदीले अहिले व्यक्त गर्नुभएको कुरा भित्रको अव्यक्त कुराले म दिदी तिर तानिए । “केहि भएको थ्यो र दिदी तपाईंको जीवनमा सोधेँ ?”
दिदी टोलाउनु भयो । तपाईंले भन्नै पर्छ भन्ने त छैन तर पनि……” उहाँले भन्नुभयो : “खै के सुनाउ के नसुनाउ,सानैमा विहे भयो मेरो मनमा उ प्रतिको माया अंंकुराउन खोज्दै थियो, छोटो समयमै उस्को चिनो गर्भमा छाडेर उ नआउने बाटो लाग्यो । जानेलाई सजिलो भएकोले होला नफर्किने, छाड्नेलाई के थाहा यादमा बाच्नेको पिडा…. जुन चिनो छाडेको थियो त्यो पनि उसैको साथ लाग्यो।” श्रीमान् वित्दा गर्भमा रहेको बच्चा पनि मृत्यु भएको भाव उहाँले व्यक्त गर्नुभयो ।
म कहाँ स्वास्थ्य सेवा लिने क्रममा प्रायः तल्लो पेट दुख्यो भनेर आइरहने दिदी हो उहाँ । आज के भएर आउनु भयो त्यो भन्नु भन्दा अगाडि दिदीको बिगत सुन्न थाले । उहाँले भनिरहनुभयो :
“समय बित्दै गयो जीवनमा हर कुरामा साथ दिन्छु भनेर यता (दोस्रो विवाह गरेर) आए । ३ छोरा २ छोरी भए । सबै आफ्नै तालमा छन् । उनीहरुको आ–आफ्नै व्यवस्था छ ।
अब बुढेसकाल हुन लाग्यो बुढाको भर बुढी बुढीको भर बुढा हुनु पर्ने तर…. तर मलाई बाच्नै गाह्रो भएको छ । यो उमेरमा जाउँ कति दिन कस्कोमा जाउँ? नजाउँँ बिहान उज्यालो देख्न पाउछु कि पाउदिन जस्तो हुन्छ। कहिले त ज्यान नै फालिदिउकी जस्तो लाग्छ ।”
उहाँले यसो भनिरहदा उहाँको अनुहारको भावले मलाई पनि असहज महसुस हुँदै थियो। दिदीको समस्या अर्कै रहेछ भन्नेमा पुगें म । सोधे :
“श्रीमानको उमेर कति भयो दिदी ?”
“६१ भयो।” सेवा लिने क्रममा दिदीले आफ्नो उमेर ५६ वर्ष लेखाउनु हुन्छ अहिले।
“यो औषधि के को हो बहिनी ? मेरो बुढा सुत्ने ओछ्यान मुनि भेटाए अनि यो औषधि के रहेछ भन्ने बुझ्न मन लाग्यो ।”
म औषधि हेरेर तीन छक परे । जुन यौन उत्तेजना बढाउने ग्रुपको औषधि थियो। यो उमेरमा, यस्तो औषधि ? अनि श्रीमतिमाथि त्यत्रो यातना ? मलाई छट्पटी बढ्यो के भनु के गरुँ भयो । “कहिले थाहा पाउनु भयो यो खाने गर्नुभएको रहेछ भनेर ?”
“पहिला यस्तो थिएन यो मान्छे २ वर्ष जति भयो साह्रै गाह्रो भएको छ नानी।”
“अनि सम्झाउनु भएन उहाँलाई ?”
“म आजित भए अब । सकिन मैले उहाँलाई ।”
म आफूले औषधिको काम तथा खास कुरा खोलिन, तर डर देखाउन भने : “सम्झाउनु उहाँलाई यो औषधिले मृगौलामा असर गर्छ ।”
“बहिनी मेरो शरीर हेर्दा तपाईं द्ङग पर्नु हुन्छ ।”
“रातभर गिजोल्छ, चिथोर्छ, कोपर्छ मलाई । चिच्याउछु, कराउछु, बलियो छ मुख थुन्छ कति कपडा च्यातेको छ त्यसरी, भोलिपल्ट छोरा बुहारीको अगाडि मुख देखाउन गाह्रो हुन्छ । सहन नसकेर बुहारीलाई रुदै भने उनले छोरालाई भनिछन् । अनि अलिदिन छुट्टै कोठामा सुत्नु भन्यो बाबुले । तर, उ रातभर बहुला जस्तो बनेर उन्मादले ढोकामा हानेर अरुलाई पनि सुत्न दिएनन् अनि फेरिसंगै हुनै पर्यो। छोरीकोमा केही दिन बस्छु भनेर गएको छाडा फोन गरेर बस्नै देन । रुँदै यो उमेरमा मेरो लोग्नेले यसो गर्छ भन्दै कहाँ जाउ नानी बाँच्न साह्रो, गाह्रो भयो।”
स्वास्थ्यकर्मी भएको नाताले उहाँले व्यक्त गरिरहनु भएको शारीरिक चोट हेर्नु र समाधान गर्नु मेरो दायित्व पनि थियो । उहाँले आफ्नो दुखाई कम गर्नुको लागि औषधि दिन आग्रह गर्दै देखाउनु भयो । उहाँको स्तनको वरिपरिको त्यो निलो भाग हेर्दा मेरो मस्तिष्क हल्लियो । अनि म यौनअंग पनि हेर्छु भने तर आज मान्नुभएन । भन्न थाल्नुभयो :
“रातभर गिजोल्छ, चिथोर्छ, कोपर्छ मलाई । चिच्याउछु, कराउछु, बलियो छ मुख थुन्छ कति कपडा च्यातेको छ त्यसरी, भोलिपल्ट छोरा बुहारीको अगाडि मुख देखाउन गाह्रो हुन्छ । सहन नसकेर बुहारीलाई रुदै भने उनले छोरालाई भनिछन् । अनि अलिदिन छुट्टै कोठामा सुत्नु भन्यो बाबुले । तर, उ रातभर बहुला जस्तो बनेर उन्मादले ढोकामा हानेर अरुलाई पनि सुत्न दिएनन् अनि फेरिसंगै हुनै पर्यो। छोरीकोमा केही दिन बस्छु भनेर गएको छाडा फोन गरेर बस्नै देन । रुँदै यो उमेरमा मेरो लोग्नेले यसो गर्छ भन्दै कहाँ जाउ नानी बाँच्न साह्रो, गाह्रो भयो।”
त्यो स्तनमा त त्यस्तो, यौनाङ्ग, त्यस्का भित्री कोमल अंग कस्तो भएको होला ? मेरो शरीर सिरिङ भयो।
उहाँले भन्नुभयो : “कम्तीमा तिमीहरू जस्तो पढ्न पाको भए मेरो हातमा नि पेशा ,पैसा हुन्थ्यो अनि पावरफुल हुन्थे नि ।” उहाँको त्यो पावरफुल भन्ने शब्दले म हो हो भन्दै हाँसे उहाँ पनि रुञ्चे हाँसो हास्नुभयो ।
उनलाई समाधानका केहि उपाए बताए अनि १ हप्तापछि फेरि यसैगरी भेटौला भनेर उहाँलाई बिदाई गरे । दिदी घर तिर लाग्नुभयो ।
मलाई काम गर्ने जागर नै हरायो अनि श्रीमान त आधा शरीर नै हैन र यो कस्तो सम्बन्ध कस्तो यातना कि उमेर सुख पाउने कि हर रात मरे तुल्य हुनु भन्दा आफैं मरे सुख हुने । यो सोच्दै गर्दा आधा जीवन पुरुष ,आधा जीवन नारी भन्ने गीतले जिस्कायो जस्तो लाग्यो। हुन त सबै त्यस्तो हुन्नन् । त्यस्तो भएको भए उहाँ पहिलो श्रीमान बितेको कयौ वर्षमा पनि किन सम्झनुहुन्थ्यो उहाँले ?
यस्ता समस्या व्यथा धेरै छन महिलामा। आफ्नो समस्या सबैले भन्न लाज मान्छन् अझै ,शरीर देखाउन त परको कुरा, समस्या जकडिदै जान्छ । रोगी र काम गर्न नसक्ने भएपछि सबैको हेंला हुने अवस्था आउने ? कतै उहाँको श्रीमानलाई पनि बिकृत यौन मनोभाब त हैन ? जस्को निराकरण उचित मनोपरामर्शबाट पनि हुन सम्भव छ। यो सम्बन्ध ,यो सहकार्य, समझदार, सप्रेम सहित सदियौ सम्झन लायक बन्नु पो पर्ने, न कि रिस राग र पिडायुक्त।
यसमा पति पत्नी मात्र नभएर हर परिवार, समाज र हामी सबैको भूमिका छ। यस्तै घरेलु हिंसा, यौन उत्पिडन मात्र नभै बढ्दै गएको सम्बन्ध बिच्छेद र आत्महत्या जस्ता घट्नालाई पनि न्यूनीकरण गर्न आवश्यक पहल जुरुरी देखिन्छ। यस्ता घटनाको परिणामबाट देखा पर्ने जटिल स्वास्थ्य समस्याहरु जस्तै पाठेघरको मुखको क्यान्सर आदि रोगबाट पनि जोगाउन समयमा नै सचेतता र सेवाको आवश्यकता छ । सहीखबर लेखक पुडासैनी मकवानपुर जिल्लाको भैंसे स्वास्थ्य चैकीमा कार्यरत छिन् ।