
अहिले सबैभन्दा जल्दोबल्दो सवाल बनेको छः स्वास्थ्यको सवाल । कोरोना संक्रमणको कारण गत चैतबाट नेपालमा पनि धेरैजसो निकायहरु बन्द नै छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार मकवानपुरमा बुधबारसम्म ८ सय ४ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । कोरोनाको कारण सबैमा डर तथा अत्यास फैलिरहेको बेला संक्रमितहरुको स्वास्थ्य लाभको लागि झण्डै ६ महिनादेखि लगातार खटिरहनु भएका हेटौंडा उपमहानगरपालिकाका सिनियर अहेवर /अधिकृत छैटौं भोलानाथ चौलागाईंसँग सहीखबरकर्मी सम्झना घिमिरेले स्वास्थ्यको सेरोफेरोमा रहेर गरेको कुराकानीको सार :
कोरोना संक्रमण सुरुदेखि नै आइसोलेशनमा खटीरहनु भएको छ कसरी बितिरहेको छ समय ?
नेपाल सरकारले विश्वमा फैलिरहेको कोरोना भाईरस संक्रमणको प्रभावलाइ दृष्टिगत गर्दै २०७६ चैत ११ गते मुलुक भर नै लकडाउन जारी ग-यो । त्यसयता मकवानपुर जिल्लाको एक मात्र आइसोलेशनमा बसेर पूर्ण नेतृत्व गरेर बसेको थिएँ । नेपालमा खासै डर त थिएन बाहिरबाट आउनेहरुका कारण नै डर हो । पछिल्लो समयमा अन्य गाउँपालिकाहरुमा पनि आइसोलेशन तथा वार्डहरु स्थापना भएपछि भने सहज छ । नत्र यहि एउटा आइसोलेशनले धान्न सक्ने अवस्था रहेको थिएन । हाल गौरिटारमा स्थापना भएपछि भने आफू सामान्य रेखदेखका लागि बसेको छु । अलि सहज भएको छ पछिल्लो समय ।
अघिल्लो चार महिना चाँही कस्तो रह्यो ?
त्यो चार महिनाको अन्तरालमा मैले आफ्नो घरको लागि समय निकालिन, आफ्नो लागि समय दिइन पूरा समय यसैमा दिएँ, सबैलाइ डर थियो विश्वमा आक्रान्त पारिरहेको थियो । म पनि एउटा मानव नै हुँ, केही डर त थियो नै तर, आफ्नो जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तव्य भएकोले कोरोना भाइरस संक्रमणकै बिचमा रहेर कसरी काम गर्न सकुला भनेर सोचलाई मुख्य महत्व दिए । आफूमा दह्रो आत्मबल बनाएर आएको थिए । आफूले चाहेको खण्डमा नसकिने केही रहेनछ भन्ने लाग्छ अहिले । त्यो साँढे चार महिनामा म एकदिन पनि घर गइन ।
कतिपय स्थानमा आइसोलेशन राख्न नै स्थानीयहरुले रोक लगाउने गरेको, आइसोलेशनमा काम गर्नेहरुबाट स्थानीयहरु संक्रमण सर्ला भनेर डराउने गरेको सुनिने गरेको छ, यहाँको अनुभव चाही कस्तो रह्यो यो सवालमा ?
म यो (आइसोलेशनको) गेटबाट बाहिर पनि निस्किन । एक दिन निस्कदा टोल छिमेकका स्थानीयहरु धेरै डराएको पाएँ, आत्तिएको जस्तो व्यवहार देखाए, टोल विकासमा नेतृत्व तहमा रहेकाहरुले समेत आएर तपाईं गेट बाहिर निस्कदा हाम्रा टोलवासीहरु आत्तिन थाले, ननिस्किदिनुस् भनेर अनुरोध गर्न थाले । त्यसपछि टोलवासीहरु निर्धक्क रहुन भनेर पनि गेट बाहिर निस्कन छाँडे ।
२४ घण्टा खटिनुपर्दथ्यो । भोलिपल्टको लागि तयारी गर्दा गर्दै प्रायः रातको १२ सम्म बज्ने गर्दथ्यो । खासमा हेटौडा अस्पतालको जिम्मेवारी थियो तर हेटौडा अस्पतालका कर्मचारीहरु यहाँ आउन नमानेकाले उपमहानगरपालिकाले मलाइ जान आग्रह गरेपछि म यहाँ आएको थिएँ । तर मैले सोचेको थिईन कि म २४ घण्टा कुनै स्थानमा थुनिएर बस्न सक्छु भनेर । काम र जिम्मेवारी फिल गरेपछि यतिसम्म सकिदो रहेछ भन्ने अहिले लाग्छ । अहिले यतिका समय भयो म यही भित्र सिमित छु । स्वयंप्रति गर्व महसुष गर्छु कि मैले आफूलाइ यहाँको चौघेरामा कैद गर्न सफल भएँ ।

केही भएमा आइसोलेशनकै सेवामाथि प्रश्न आउला भन्ने डर थियो । त्यो पहिलो केस हरेक पक्षबाट अस्पताल, पत्रकार, मन्त्रालयलगायतका धेरै चासो थियो ।, पहिलो संक्रमितलाई राखेपछि उहाँको धेरै पटक पीसीआर गरियो । पाँच पटकसम्म गर्दा पनि कोरोना पोजेटिभ देखिएपछि कतै यहाँ राखेर गल्ति पो गरिएछ कि भन्ने छटपटाहट पनि भयो । तर, २५ औ दिनमा उहाँको पीसीआर टिपोर्ट नेगेटिभ आयो, हामीलाई एउटा युद्व नै जितेजस्तो भयो । उहाँको परिवारभन्दा पनि हामी बढी खुसि थियौ होला त्यो बेला । हामीले गर्न सक्यौ भन्ने खुसीले फुरुङ्ग भयौ हामीसबै ।
पछिल्लो समय साउनको १५ गते देखि घरैबाट आएर सेवा दिन थाले तर राति अबेरसम्म यहि व्यस्त रहने र विहान अँधेरीमे दौडनु पर्ने भएपछि किन जानु भन्ने सोचे । फेरि एक सातादेखि कोरोना संक्रमितहरु ह्वात्तै बढेपछि यहाको ठाउँ अभावका कारण गौरिटरमा सार्ने तयारी भएपछि पुनः यहि बस्दै आइरको छु ।
यहाँ बस्दा सबैभन्दा सम्झन लायक क्षण कस्तो रह्यो ?
म सुरुको कुरा फेरि थप्छु । हुनत यहाँ सुरुमै आइसोलेसन केन्द्र नै भनेर खोलिएको थियो तर संक्रमित कसैलाई पनि राखियको थिएन । मकवानपुर जिल्लाको पहिलो संक्रमितलाई चितवन रिफर गरियो । दोस्रो संक्रमितलाई हामीले आफ्नो जिल्लाको र आइसोलेशनकै गरिमा गिर्ने सोचेर यतै राख्यौ । तर अति डर लागिहेको थियो त्यतिबेला । जति दरिलो र आँटीलो बनेर काम गरेपनि कहि कतै केही भईहाल्छ कि भन्ने डर मनमा गढेर रह्यो । केही भएमा आइसोलेशनकै सेवामाथि प्रश्न आउला भन्ने डर थियो । त्यो पहिलो केस हरेक पक्षबाट अस्पताल, पत्रकार, मन्त्रालयलगायतका धेरै चासो थियो ।, पहिलो संक्रमितलाई राखेपछि उहाँको धेरै पटक पीसीआर गरियो । पाँच पटकसम्म गर्दा पनि कोरोना पोजेटिभ देखिएपछि कतै यहाँ राखेर गल्ति पो गरिएछ कि भन्ने छटपटाहट पनि भयो । तर, २५ औ दिनमा उहाँको पीसीआर टिपोर्ट नेगेटिभ आयो, हामीलाई एउटा युद्व नै जितेजस्तो भयो । उहाँको परिवारभन्दा पनि हामी बढी खुसि थियौ होला त्यो बेला । हामीले गर्न सक्यौ भन्ने खुसीले फुरुङ्ग भयौ हामीसबै ।
उहाँले कोरोनालाई जित्न सक्नुभयो र जुनदिन उहाँलाइ बिदाइ वा डिस्चार्ज गर्दै थियौ त्यो दिन खुसिले आँखा रसाएका थिए मेरा पनि । आफ्नो घर परिवार नभनिकन आफ्नै पनि स्वास्थ्यको जोखिममा आइसोलेशनमा बसेको नै थियो त्यो । धेरैको अविश्वासको घेरामा रहेर संक्रमितलाइ राखेका थियौ । उहाँहरुको विश्वास जित्न सफल भयौ । मान्छेको ज्यान न हो के छ र ग्यारेन्टि जे पनि हुनसक्छ । कुनै ग्यारेन्टि कार्ड लिएर आएको पक्कै हुदैन । संयोग पनि तेस्तै परेको । धेरैतिरको अविश्वास रहनु एकातिर छ अर्कोतिर संक्रमितको रिपोर्ट आज गर्याे पोजेटिभ, भोलि गर्याे पोजिटिभ लगातार पाँच पटकसम्म पनि पोजेटिभ आउदाँ आत्तिएको थियो मन । डरधेरै भएपछि हंसले ठाउँ छोड्छ भनिन्छ नि, मेरो पनि त्यो बेला त झण्डै झण्डै हंसले ठाउँ छोडेकै कै अवस्था थियो ।
जिल्लाको पहिलो संक्रमित महिला पहिचान भइसकेपछि चितवन पठाउने तयारीका लागि एम्बुलेन्स तयार गरियो । त्यो समयमा एम्बुलेन्स पाउन अति समस्या थियो । कस्ले बोक्ने संक्रमित ? सबै भाग्ने, कल नउठाउने, बल्ल तल्ल एउटा एम्बुलेन्स पाएका थियौं संक्रमितले यहाँ टिपाएको मोवाईल नम्बर फेरि स्विच अफ भयो । फेरि अब कसरी घर पत्ता लगाउने त ? समस्या माथि समस्या थपरिहेको जस्तो भइरह्यो । वडाध्यक्ष मार्फत बल्लतल्ल घर पत्ता लगाईयो उहाँहरुको तयारीको लागि पनि समय चाहिने । छोटो अवधिका लागि पाईएको एम्बुलेन्स फेरि फुत्किएला भन्ने कत्रो आपत, हरेक समस्या पहिलो हो भने अति नै हडबडाहट र तनाव धेरै पाइन्छ । यस्ता धेरै कुराहरु छन् जुन हम्मेसी बिर्सन्न होला ।
कोरोना संक्रमितहरुको चौघेरामा बसेर काम गर्दा कतिको रिक्स फिल हुने रहेछ आफूलाई चाँही ?
सबैलाइ उत्तिकै रोग लाग्दैन, अवस्य पनि कसैलाई कम त कसैलाई बढि लाग्छ नै, यदि सबैलाइ उत्तिकै लाग्ने हो भने त सम्पुर्ण पृथ्वि नै रिक्समा हुन्थ्यो, हामीसँग सबैको रोगसँग लड्ने क्षमता बराबरी हुन्न कसैमा रोग प्रतिरोधातेमक क्षमता बढि हुन्छ त कसैलाइ कम हुन्छ । हालसम्म सामान्य सर्जिकल माक्सको भरमा काम गरिरहेँ । सुरुसुरुमा यन ९५ वाला माक्स लगाए । केही दिन तरपछि यहि माक्समा काम चलाईरहेँ । पिपिई पनि यतिका दिनमा एक पटक लगाए त्यो पनि अरु सहकर्मिहरुको करमा ।
कति सेवाग्राहिहरु आत्तिन्थे, प्राय सेवाग्राहिहरु मानसिक रुपमा आत्तिएर नै श्वास फेर्न गाह्रो भो भन्छन । कतिको अवस्था अलि गम्भीर भएर सलाइन चढाउने अक्सिजन चलाउनेसम्म गर्नु पर्छ । म जान्न उपचार गराउन्न भन्न पाइन्न गर्नै पर्छ । त्यसैले मनस्थिति चाहिँ बलियो हुनै पर्छ ।
कोरोना भाइरस कसैको शरिरमा छ र लक्षण देखाएको छैन भने आत्तिनु पर्दैन पोजेटिभ मात्र देखाएको हो, शरीर भित्र प्रवेश गरिहालेमा पनि भाइरसले आफूलाइ बृद्धी गराउने सम्म हुन्न भन्ने जानिसकेपछि यहाँ बसेर काम गरिरहँदा खासै रिक्स महसुस गरिएन । कति सेवाग्राहिहरु आत्तिन्थे, प्राय सेवाग्राहिहरु मानसिक रुपमा आत्तिएर नै श्वास फेर्न गाह्रो भो भन्छन । कतिको अवस्था अलि गम्भीर भएर सलाइन चढाउने अक्सिजन चलाउनेसम्म गर्नु पर्छ । म जान्न उपचार गराउन्न भन्न पाइन्न गर्नै पर्छ । त्यसैले मनस्थिति चाहिँ बलियो हुनै पर्छ ।
४ जना नर्सिङ, २ जन ल्याब प्रावधिकहरू र आफू भएर सेवा दिईरहेको यस आइसोलेसनमा ६ सय ८२ जना लाई सेवा दिन पाएँ । संक्रमितहरु मात्रै डेढ सय भन्दा बढि लाई सेवा प्रदान गरियो । एम्वुलेन्सको अभाव धेरै नै भोगियो, एउटै कोठामा २२ जनालाइ समेत कोचेर राख्नु समेत पर्यो ठाउँ अभावका कारण । १४ गतेदेखि संचालनमा आएको आईसोलेसनबाट करिव ९० प्रतिशतले राम्रो प्रतिक्रिया दिएको छन । यो नै खुसिको कुरा हो ।
यहाँ बसेर काम गरिरहँदा दुःख लागेको पल केही छन् ?
हामी नगरपालिकाको कर्मचारी, यो हेटौडा अस्पतालको पुर्णतया आर्थिक प्रशासनमा चलेको आईसोलेसन थियो । हेटौडा अस्पतालका कर्मचारीहरु नै नआउनु भएका कारण हामी आउनु परेको हो । तर एकपटक यहाँ करारमा कार्यरत हेटौडा उपमहानगरपालिकाका केही स्वास्थ्यकर्मीहरु छोडेर हेटौडा अस्पताल व्यवस्थापनले मेरो र केहि हेटौडा अस्पतालका कर्मचारीहरुको मात्र असार महिनाको कोरोना सम्बन्धी भत्ता र केही रकम हालिदिनुभयो । तर,मेरो मातहतमा आउने रिक्स मोलेर यहाँ बस्ने मेरा कर्मचारीको तलब भत्ता रोकिदिनुभयो जसले गर्दा हामी बिच खल्लो वातावरण सिर्जना भएको थियो । आफूले पैसा पाएर मेरा मातहतका कर्मचारीहरुले पाउनु पर्न जम्मा ५० प्रतिशत रकम पनि गरेको कामको रकम नपाउदा अति तनाव भयो । मेरो आफ्नो तलव भत्ता हटाएर उनीहरुलाइ दिनु भन्दा पनि नहुनेपछि मिलाउछु भनेपछि मेरो नैतिकताले कसरी दिन्छ । उक्त तलव भत्ता एक्लै लिन, त्यसैले उनीहरुको खातामा पैसा परेपछि बल्ल आफुले पनि रकम बुझे मैले पनि त्यो केही दिनको समय अति नरमाइलो लागेको थियो । समूहमा काम गर्दा र आत्मबल उचों राख्दा जस्तासुकै कठिन अवस्थामा पनि सहज ढंगले काम गर्न सकिन्छ । हाम्रो कामको रफ्तार यसैको नतिजा हो ।
अन्तमा केही ?
यो संक्रमणकालीन समय कहिलेसम्म रहन्छ पत्तो छैन । हामी सबैले आफ्नो आनिबानीमा सुधार गरौं, स्वास्थ्य सतर्कता अपनाऔं, मिडियाले पनि आत्मबल र हौसला बढाउने सूचना तथा जानकारी सम्प्रेषण गरिदिओस् । समाजमा सामाजिक मर्यादा, समाजिक सद्भाव काम राखौं । कोही कसैलाई संक्रमण भैहालेमा उसलाई हेला, घृणा हैन माया गरौं, हौसला बढाऔ । दीर्घ रोग भएका तथा बालबालिकाहरुको खानपान र स्वास्थ्यमा बढी ख्याल गरौं । नियमित रुपमा सरसफाइमा ध्यान दिने गरौं भन्न चाहन्छु । मेरो व्यक्तिगत भनाइहरु यहाँको मिडियामा राख्ने अवसरको लागि धन्यवाद ।
