हेटौंडा । मकवानपुरमा आइतबार एकै दिन थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकाहरु २ वर्षिय बालक देखि ७३ वर्षिय बृद्धा सम्म छन् । संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।
गत भदौ १९ गते स्वाब संकलन गरिएका २ सय ७५ जना मध्यमा ७२ जनामा संक्रमण देखा परेको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले जानकारी दिए ।
आज थपीएका संक्रमितमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । आइतबार कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना रहेका छन् । ६२ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेकाे चाैलागाईले बताए ।
