मकवानपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) राष्ट्रिय समिति, प्रकाशन विभागकाे आयाेजनामा “संस्थागत विद्यालय : श्रम र सराेकार” विषयक दुई दिवसीय राष्ट्रव्यापी भर्चुअल कवि गाेष्ठी सम्पन्न भएकाे छ ।
गत भदाै १३ र २० गते दुई दिन आयाेजित कवि गाेष्ठीमा सात वटै प्रदेशबाट संस्थागत विद्यालयमा कार्यरत ५० जना शिक्षक-कर्मचारीले आआफ्ना पेसागत समस्या तथा इस्टुका माध्यमबाट आफूहरूले गरिरहेकाे सङ्घर्षबारे हाइकु, मुक्तक, गजल, गीत, कविता आदि विविध विधाका रचना वाचन गरेका थिए । भदाै १३ प्रदेश न. १,२ र वाग्मती प्रदेश विशेष साथै भदाै २० गते गण्डकी, प्रदेश न. ५, कर्णाली तथा सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रममा हरेक प्रदेशबाट अतिथि कविहरूलाई समेत निम्त्याएर प्रत्येक कविका दुई दुई वटा कवितासमेत प्रस्तुत गरिएकाे थियाे । अतिथि कविहरूमा प्रदेश न. १ बाट वीरेन्द्र थाेक्लिहाङ, २ बाट रेणु गुप्ता, वाग्मती प्रदेशबाट पुरुषाेत्तम आचार्य, गण्डकी प्रदेशबाट प्राञ्जल, प्रदेश नम्बर ५ बाट छविलाल काेपिला, कर्णाली प्रदेशबाट सीता यरी र सुदूरपश्चिम प्रदेशबाट साेझाे गाउँलेलाई आमन्त्रण गरिएकाे थियाे ।

संस्थागत विद्यालयकाे शैक्षिक गुणस्तर एवम् पेसागत सुरक्षामा पक्षमा वकालत गर्दै आइरहेकाे संगठन “इस्टु” मा आबद्ध भई पेसागत अधिकारबारे आवाज बुलन्द गर्न उत्प्रेरित गर्ने तथा निकट भविष्यमा प्रकाशन गर्न लागिएकाे स्मारिकामा रचना प्रकाशन गर्ने उद्देश्यले यस किसिमकाे रचनात्मक कार्यक्रमकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक इस्टु राष्ट्रिय समिति सचिव एवम् प्रकाशन विभाग प्रमुख दीपक गाैतमले जानकारी दिए ।
प्रकाशन विभाग प्रमुख गाैतमकाे अध्यक्षता एवम् इस्टु राष्ट्रिय समिति अध्यक्ष हाेमकुमार थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा इस्टु का प्रमुख संरक्षक मुकुन्द गाैतम, प्रमुख सल्लाहकार इन्द्रराज भट्टराई, उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख देवीदत्त पाैडेल, उपाध्यक्ष एवम् तालिम विभाग प्रमुख अमल राई, महिला विभाग इन्चार्ज अञ्जु गाैतम, महासचिव भाेलानाथ चालिसे, सचिव एवम् महिला विभाग संयाेजक सरिता निराैला लगायतले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमकाे सहजीकरण राष्ट्रिय समिति सदस्य एवम् प्रकाशन विभाग सहसंयाेजक ध्रुव पाैडेलले गरेका थिए। भर्चुअल माध्यम (जुम) बाट भएकाे उक्त कार्यक्रममा इस्टु राष्ट्रिय समिति, प्रदेश समिति तथा सम्पूर्ण जिल्ला समितिका पदाधिकारी, सदस्य एवम् देशभरबाट शिक्षक-कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।