काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमण मुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । यो सहित कुल संक्रमण मुक्त हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।
यसै गरी नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४५ हजार २७७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्रा गौतमका अनुसार, पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया गरी ३ महिला र पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय गरी ३ जना र रुपदेन्हीका ४० वर्षीय गरी ६ जना पुरुषको मृत्यु भएको हो ।
बागमती प्रदेशमा शनिवार थप ५१८ जना कोरोना संक्रमित थपिएका प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन् । मन्त्रालयका अनुसार, प्रदेशमा शनिवार थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका रहेका छन् । काठमाडौंमा ३२६ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, काभ्रेपलाञ्चोक ६, चितवनका ४५, दोलखाका ६, धादिङका १०, नुवाकोटका १, भक्तपुरका ४५, मकवानपुरका ३५, रामेछापका ५, ललितपुरका ३७ र सिन्धुलीका २ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म कूल कोरोना संक्रमितमध्ये २ हजार ३५१ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौंका ४१, ५९ र ६५ वर्षीय ३ पुरुष र मकवानपुरकी ५२ वर्षीय एक महिला रहेका छन् ।
प्रदेशमा हाल ५ हजार ८७५ जना आइसोलेशनमा र २ हजार २४५ जना होम आइसोलेशनमा बस्दै आएको प्रवक्ता डा. गौतमले बताए । प्रदेशमा हाल १०८ जना आइसियुमा र २० जना भेन्टिलेटरमा बस्दै आएका मन्त्रालयले जनाएको छ ।
यसै बीच सर्वोच्च अदालतले कोरोना भाइरस ९कोभिड–१९०बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ ।
विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविपरीत हुने फैसलामा उल्लेख छ ।