मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण मकवानपुरवासीमा आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रमुख खुलालले समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेकाले आम जिल्लाबासीमा आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेका हुन ।
कोरोना भाइरसको अहिलेसम्म कुनैपनि उपचार बिधि आइनसकेको र थोरै सावधानी अपनाइएमा यस भाइरसको सङ्क्रमणबाट बच्न सकिने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै अनुसाशित भएर कार्यहरू गर्नुहोस विज्ञप्ती मार्फत प्रमुख खुलालले भने लामो समयको बन्दाबन्दीका कारण आम सर्वसाधारण जनताको दैनिकीमा ठुलो असर परेको छ । सधैभरी बन्दाबन्दीमै बस्न समेत नसकिने हुँदा जिल्लामा जारी निषेधाज्ञा समेत केही खुकुलो बनाउँदै स्वरुप परिर्वतन गरेर जनतालाई आफ्नो दैनिकीमा फर्काउने लक्ष्य लिईएको छ । खुलाले विज्ञप्तीमा भनेका छन् ।
बन्दाबन्दी वा निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दैमा पनि यस समस्याको समाधान हुनसक्ने अवस्था नरहेकाले आम मकवानपुरबासी आफै सचेत भएर सुरक्षित हुन खुलालले आग्रह गरेका छन् ।
उनले स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना गर्दै सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित रुपमा साबुनपानीले हात धुने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आव्हान गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण भई हालेमा पनि स्वास्थ्य सर्तकता र सावधानी अपनाएमा यस रोगबाट निको हुन सकिने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह समेत उनले गरेका छन ।
त्यस्तै उनले यदाकदा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अभद्र व्यहार भएका खबरहरू समेत आएकाले त्यसो नगर्न समेत आग्रह गर्दै समुदायमा कसैलाई कोरोना संक्रमण भईहालेमा नआत्तिकन आफ्नो वडाअध्यक्ष मार्फत उपचार विधिमा जान आग्रह गरेका छन् ।
साथै उनले कोरोना भाइरसको महामारीमा सबै एकजुट भएर लाग्ने र जुट्नेभन्दा विकल्प नभएकाले स्वास्थ्य सुरक्षा अपनाएर सचेत, सुरक्षित भएर कार्य गर्न सम्पूर्ण मकवानपुरबासीलाई आव्हान गरेका छन् ।
प्रमुख खुलालले जारी गरेकाे विज्ञप्ती हेर्नुहाेस