मकवानपुर । मुस्लिम युवा समाज मकवानपुरले शुक्रबार रक्तदान कार्यक्रम गरेकाे छ । शुक्रबार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तानतरण गरेर कार्यक्रम उद्घाटन गर्दै काेरोना भाइरस संक्रमणको कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेकोमा समाजलाइ धन्यवाद दिए। आवश्यक रगत उपलब्ध गराउन कठिन भएकाले स्वास्थ्य सावधानी अपनाएर सबै रक्तदातालाई रक्तदान गर्न खुलालले अाग्रह गरे ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै स्वास्थ्य सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिए ।
मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडालगायतको सहभागिता थियो ।