कोरोनाको कहरको बिचमा नेपाली महिलाहरुले हरितालिका (तीज) पर्व बिदाई गरेका छन् । संघारबाट दशै, तिहार तथा छठ पर्वहरुले चिहाइरहेको छ । तर जनजीवन दिन दिनै झन् झनै कष्टकर बन्दै आएको छ । हाँसो खुसि र समृद्धिभन्दा पिर चिन्ताले गाँज्दै ल्याएको छ । विभिन्न पेशा, व्यवसाय तथा नोकरीमा संलग्न रहेर घरभन्दा टाढा रहेकाहरु कोरोनाको कहरको कारण यतिबेला धेरैजसो परिवारसँगै बसेका छन् । तर परिवारसँगै बस्दा जुन हाँसो, ठट्टा, खुसि र रमाइलो हुनु पर्ने हो त्यो छैन । कारण एकातिर कोरोनाको डर र अर्को तिर परिवार धान्न कै लागि आर्थिक संकट । त्यसमाथि लगातार बन्द व्यवसाय, थपिदो बैंकिङ्क कर्जा । व्यापार व्यवसाय सबैको चौपट भएको छ, कतिपयको रोजगारी गुमेका छन् । छाक टार्न कष्टकर भएको बेलामा रोगले भन्दा भोकले मरिएला भन्ने चिन्ताले पिरोल्न थालेको छ नागरिकलाई ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र यता नेपालमा लकडाउन घोषणा गरिएपछि दिननानु दिन मानवीय जीवन कष्टकर बन्दै आयो । सुरुवातका केही दिन राहतको कार्यक्रम ल्याइएपछि त्यसको खासै प्रभावकारीता देखिएन । चैतदेखि असारसम्म गरिएको लकडाउनको कारण उकुसमुकुस भएको जनजीवन साउन यात विस्तारै सामान्य बन्ने क्रममा थियो । तर कोरोना संक्रणमण फैलने दरतिव्र हुनथालेपछि फेरिपनि लकडाउन, सटडाउन, निषेधाज्ञा जारी गर्न थालियो । साउन २६ गतेबाट मकवानपुरमा पनि निषेधाज्ञा जारी गरियो । आज मंगलबारातसम्मको लागि जारी गरिएको निषेधाज्ञा जारी रहेकै बेला सोमबार अर्थात हिजै पुन आगामी भदौ १५ गतेसम्मको लागि निषेधाज्ञा निरन्तरता रहेने निर्णय गरिएको छ ।
कोरोना नियन्त्रणको लागि लकडाउन, निषेधाज्ञा जस्ता जबरजस्त निर्णयहरु नै अन्तिम विकल्प हैनन् । जिल्ला सुरक्षा समितिको बैठकमा यसबारे पहिले पनि कुरा उठेको थियो तर, ख्याल गरिएन ।
कोभिड १९ नियन्त्रणका लागि जिल्लास्तरमा गठित कमाण्ड पोष्टको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञालाई निरन्तरता दिएको हो । अब भदौ १५ गते राति १२ बजेसम्म मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजारमा पर्ने पूर्वपश्चिम राजमार्गको ५/५ सय मिटर क्षेत्रमा निषेधाज्ञा कायमै रहने छ । र यो अन्तिम होला भन्नेमा पनि टुङ्गो छैन ।
कोरोना नियन्त्रणको लागि लकडाउन, निषेधाज्ञा जस्ता जबरजस्त निर्णयहरु नै अन्तिम विकल्प हैनन् । जिल्ला सुरक्षा समितिको बैठकमा यसबारे पहिले पनि कुरा उठेको थियो तर, ख्याल गरिएन । समितिको पछिल्लो बैठकले पनि कोभिड नियन्त्रणको लागि विकल्प खोज्नुभन्दा निषेधाज्ञालाई नै निरन्तरता दिने निर्णय ग-यो, जुन समसामयिक पटक्कै हैन । अघिल्लो बैठकमा निषेधाज्ञाको विकल्प खोजी जनजीवन सहज बनाउन जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एउटा कार्यदल निर्माण गरी प्रतिवेदन पेस गर्न भनिएको थियो । कार्यदलले सोमबारको बैठकमा प्रतिवेदन पेस गरेपनि निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा अधिकाँशको मत देखियो । प्राप्त प्रतिवेदन उपर केही छलफल नै भएन । अब यसबारे भदौ १५ अघि नै थप छलफल गर्ने र बजारलाई सहज बनाउनेबारे निर्णय हुने बताइएको छ । त्यो निर्णय कस्तो आउँदा हेर्न बाँकी ।
निषेधाज्ञाको कारण बजारमा तरकारीका मूल्य चार गुणसम्म बढेको छ, भने तरकारी उत्पादकहरुले बजारमा तरकारी विक्री गर्न पाएका छैनन् । मकवानपुरको भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा तरकारी खरिद विक्रीलाई ध्यानमा राखी निश्चित समय तोकेर यसअघि नै निषेधाज्ञा घोषणा गरिएपनि हेटौंडा बजारको लागि कुनै निर्णय गरिएन । तरकारीबाट संक्रमण नफैलने कुरा स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् तर किन तरकारी विक्रीमा कडाइ गरियो ? हेटौंडा बजारमा एउटा स्कुस करेलाको मुल्य ३५ रुपियाँ अर्थात स्कुस करेला प्रति केजी १०० रुपियाँभन्दा माथि । यो महङ्गी व्यहोर्दा पनि सहजै पाइएको छैन । के उपभोक्ताले तिर्ने यही मुल्य उत्पादकले पाएका छन् ?
मकवानपुरका केही स्थानीय तहहरु मात्रै हैन यतिबेला मुलुकका कैयौं स्थान फेरि कुनै न कुनै रूपमा उस्तै कडा लकडाउन वा निषेधाज्ञाको भुमरीमा परिसकेका छन् । बढ्दो संक्रमण जोखिम र सर्वत्र अनिश्चितता बिचमा नागरिकहरू आक्रान्त छन् । विडम्पनाको कुरा यो छ की जनताको पीडादायि समयमा मुलुकको नेतृत्वले भने कुनै योजना बनाएको सार्वजनिक भएको पाइन्न । संकटको बेलामै सबैले अभिभावक खोज्ने गर्दछन्, जनताको अभिभावक सरकार हो, यतिबेला सरकारले अभिभावकीय भूमिका निभाउन लकडाउन वा निषेधाज्ञाबाहेक अर्को उपाय पहिल्याउन जमर्को गरेन कि सकेन ? वा आवश्यक चानेन, चाहेन ? कोरोना संक्रमणको कहर नेपालमा मात्रै हैन, विश्व नै आक्रान्त छ यतिबेला तर, यति लामो समय निरन्तर लकडाउन झेल्ने नेपाली जनता नै हौं । सरकार यस्ता निषेधाज्ञा जारी गरिरहने जनता आज्ञाकारी बनेर शिरोपर गरिरहने कहिलेसम्म ? कहिले यसको विकल्प खोज्छ सरकारले ?
एकोहोरो सकारको मात्रै मुख ताक्ने हो भने कुनै पनि प्रकोपसँग मुकाविला गर्न सकिदैन । सरकारसँगै आमनागरिकले आफ्नो जिम्मेवारी पुरा गरिदिदा समस्या सहज बन्दै जान सक्छ । कोरोना संक्रमणको कुरा गर्दा आजको मुख्य कदम भनेको नागरिकले घरबाहिर निस्कँदा मास्क लगाउने, हात धोइरहने र व्यक्तिगत दूरी कायम गर्ने जस्ता कार्य अपरिहार्य छन् । यसैगरी सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउँदै, उपचार प्रबन्ध व्यवस्थित गराउनु पर्छ ।
जीविकोपार्जनका सबै बाटा गुमाएर घरमै पिल्सिएर बसेका नागकिरलाई सरकारले राहत के दिने, गरिखाउ भनेर अवसर दिने कि थुनिएरै मर भन्ने हो ? अब कोरोनाको संक्रमणलाई व्यक्तिले आफ्नो आनीबानीमा सुधार गरेर, कोरोना कहरमै रमाएर बाँच्ने आदतको बसाउन सिक्नु जरुरी छ । दिनदिनै संक्रमणको दर बढीरहेको छ । दिनदिनै विभिन्न स्थानमा निषेधाज्ञा, लकडाउन, सेवा बन्द तथा सिल भैरहेका छन् । यसरी मात्रै संक्रमण नियन्त्रण होला भन्नेमा अब नागरिकलाई नै भर लाग्न छाडिसक्यो । अबको आवश्यकता भने प्रभावकारी स्वास्थ्य रणनीति र योजना हो, जसबारे सरकारले गृहकार्य नै गरेको पाइन्न ।
मुलुकको अर्थतन्त्र चौपट भैसक्दा पनि हामी यसैमा रुमलिएर बसेका छौ । जसले सर्वसाधारणको जीवन झन् कमजोर बनाउँदै लैजाने पक्का छ । हुन् त एकोहोरो सकारको मात्रै मुख ताक्ने हो भने कुनै पनि प्रकोपसँग मुकाविला गर्न सकिदैन । सरकारसँगै आमनागरिकले आफ्नो जिम्मेवारी पुरा गरिदिदा समस्या सहज बन्दै जान सक्छ । कोरोना संक्रमणको कुरा गर्दा आजको मुख्य कदम भनेको नागरिकले घरबाहिर निस्कँदा मास्क लगाउने, हात धोइरहने र व्यक्तिगत दूरी कायम गर्ने जस्ता कार्य अपरिहार्य छन् । यसैगरी सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउँदै, उपचार प्रबन्ध व्यवस्थित गराउनु पर्छ । संक्रमितको स्वास्ब परीक्षणको रिपार्ट समयमा नआउँदा समुदायमा संक्रमण फैलिन सक्ने संभावना बढेको छ । परीक्षणको लागि दिएको स्वाबको नतिना प्राप्त गर्न ५ दिन देखि ११ दिनसम्म लागेको पाइएको छ । यसले पनि संक्रमण फैलनमै सहयोग गरेको छ । सरकारले यस कार्यलाई छिटो छरितो तथा प्रभावकारी बनाउनु जरुरी छ । संक्रमितले आफ्नो परीक्षणको नतिजाबारे औपचारिक जानकारी पाउन नसकेको अवस्था पनि छ, यो अवस्था हुनु हुदैन । विभिन्न निषेधाज्ञा भन्दा नागरिकलाइ उच्च मनोबलका साथ, जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै स्वास्थ्य सुरक्षा अपनाएर कोरोनालाई जित्दै जनजीवन सामान्य बनाउन तर्फ सरकार रनागरिक समाज लाग्नु पर्दछ ।