मकवानपुर । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–३ का ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । तर रिपोर्ट नआउँदै मृत्यु भएको हो । उनी उपाचारकाे लागि साउन ३२ गते मेडिकल कलेज भर्ना भएकी थिइन ।
याे सँगै कोरोना संक्रमणबाट मकवानपुरका मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर १,४ र १९ का एक/एक जना रहेका थिए ।