मकवानपुर / मकवानपुर जिल्लाको मनहरी गाउँपालिका भारत–काठमाडौं जोड्ने राजमार्गमा अवस्थित छ । बोर्डरमा रहेको यस गाउँपालिकामा चैतदेखि हालसम्म १२ जनालाई कारोना पुष्टि भएको थियो । हाल सबैजना स्वस्थ्य भएर घर फर्केका छन्, यद्यपि कोरोना संक्रमणको संभावना उच्च भएको भन्दै हाल यस गाउँपालिकाको मनहरी बजार र बजार क्षेत्रबाट ५० मिटर दाँयाबाँया निषेधाज्ञा जारी रहेको छ । यस गाउँपालिकाले कोरोना नियन्त्रणको लागि विगतदेखि हालसम्म गरिरहेको प्रयासबारे
प्रमुख कार्यकारी अधिकृत देबराज चौलागाईंसँग गरिएको कुराकानिको सार :
मनहरी गाउँपालिकामा कोरोनाको अवस्था के छ ?
चिनको बुहान शहरबाट गत डिसेम्बर महिनामा शुरुवात भएको कोरोना भाईरस (कोभिड–१९) ले यति बेला विश्व आक्रान्त बनिरहेको छ । महामारीको रुपमा देखापरेको यस रोगको संक्रमण ढिलो गरि भएतापनि हाम्रो मुलुकमा समेत प्रवेश गरिसकेको छ । शुरुमा भारत तथा तेस्रो मुलुकबाट रोजगारी गरि फर्किएका नेपाली दाजुभाई दिदिबहीनीहरुमा फाट्टफुट्ट देखापरेको यसको संक्रमण हाल मुलुकका केही शहरहरुमा समुदायस्तरमा प्रवेश गरेको छ ।
यस संक्रामक रोगको प्रकोपबाट हामी बाँच्नु र हाम्रालाई बचाउनु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश तथा स्थानीय सरकार आ–आफ्नो भूमिकामा लागीपरिरहेको यस जटिल अवस्थामा तीनै तहकै सरकार बिच अझ बढि समन्वय र सहकार्य अपरिहार्य देखिन्छ । जनताको नजिक भएको र प्रत्यक्षरुपमा संग्लन रहनुपर्ने जिम्मेवारीका कारणले स्थानीय सरकारहरु बढि जागरुक र संवेदनशिल बन्नु पर्दछ भन्ने मेरो ठम्याई छ ।
रोग लागेपछि उपचार गर्नु भन्दा पहिला रोग लाग्नै नदिन स्थानीय सरकारहरुको भूमिका महत्वपुर्ण हुन्छ । संक्रमण फैलिरहेको क्षेत्रबाट आएका आफ्ना नागरिकलाई सुरक्षित रुपमा क्वारेन्टाइन गर्ने, आवश्यकता अनुसार परीक्षण गराउने, संक्रमित व्यक्तिलाई आईसोलेशन गर्ने कार्य जति संवेदनशिल भएर गरिन्छ त्यति नै संक्रमणको जोखिम कम हुन जान्छ ।
यस गाउँपालिकाले महामारी नियन्त्रणको लागि के कस्ता प्रयास गर्दै आएको छ ?
यस कार्यमा स्थानीय सरकारहरु शुरुबाट नै सक्रिय रुपमा संग्लन हुनु परेको यथार्थ हाम्रो सामुन्ने छर्लङ्ग छदैछ । मनहरी गाँउपालिका क्षेत्रबाट भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागी जाने व्यक्तिहरुको संख्या उल्लेख्य रहेको सन्दर्रभमा हामीले शुरुबाटै ९२०७६ चैत्रको अन्तिम हप्ता ० बाट त्यस्ता व्यक्तिहरुको तथ्याङ्क लिन शुरु ग-यौं ।
यहाँका ४६ हजार ८ सय ५३ कुल जनसंख्या मध्ये करिव ३ हजार जना रोजगारीका लागी भारत, तेस्रोमुलुक र देशकै अन्यत्र रहेको संन्र्दभमा हामीले सोही बमोजिम क्वारेन्टाइन निर्माण र सञ्चालनको लागी ५ वटा स्थलहरु छनौट गरी तयारी सुरु ग-यौं । क्वारेन्टाइन निर्माण र सञ्चालन, राहत वितरण, जनचेतना मुलक कार्यक्रम, फेवर ल्किनिक सञ्चालन, स्वास्थ्यकर्मी घरभेट कार्यक्रम सुरुदेखि हालसम्म निरन्तर चलिरहेकै छन् । स्थानीय विपद व्यवस्थापन समितिको नेतृत्वमा सुरक्षाकर्मी, राजनैतिकदलहरु, रेडक्रस,सञ्चारकर्मी, समाजसेवीहरु सबैको सहयोग र समर्थन प्राप्त भईरहेको छ । पालिकाले निर्माण गरेकाे क्वारेण्टाइनहरूमा हाम्रा जनप्रतिनिधि ज्यूहरूले नियमित रेखदेख तथा त्यहाँ रहनुभएकाहरूकाे आत्मबल बढाउनकाे लागि लागिपरिरहनुभयाे ।
क्वारेण्टाइनमा रहेकाहरूसँग भेटघाटपछि तस्विर खिचाउँदै गाउँपालिका उपाध्यक्षा मनिला विष्ट ।
मनहरी गाउँपालिकाले हालसम्म करिव ३ हजार २ सय घरपरिवारलाई बन्दाबन्दिका कारण परेको संकट टार्न राहत वितरण गरिसकेको छ । यसैगरी करिब २ सय ५० जना आफ्ना नागरिकलाई देशका अन्य शहरहरु तथा भारतीय सिमा नाकाबाट उद्वार गरेर ल्याई क्वारेण्टाइन गरेको, करिब ३ सय ५० व्यक्तिको पिसिआर परीक्षण गराएको तथा कोरोना पोजिटिभ देखिएका १२ जना लाई आईसोलेसन पठाईएको छ । पोजेटिभ देखिएका व्यक्तिहरु पनि हाल स्वस्थ भएर घर फर्किसकेका हुंदा हाल मनहरी गाउँपालिकामा सक्रिय सक्रमित रहेका छैनन ।

यस गाउँपालिकाका स्थानीयवासीसँग के अपेक्षा गरेको छ पालिकाले ?
यो सबै कार्यमा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, सञ्चारकर्मी तथा स्वास्थकर्मीको महत्वपुर्ण साथ र सहयोग प्राप्त भएको छ । नेपाल सरकारको नीति निर्देशन तथा प्रदेश सरकारको समन्वयमा हालसम्म यस मनहरी गाँउपालिकामा कोरोना सक्रमण नियन्त्रण मै रहेको देखिन्छ ।
तर दिनानुदिन यसको जोखिम बढ्दै गईरहेको सन्दर्भमा हामी आमनागरिकहरु पनि थप सचेत र अनुशासित हुनुपर्ने देखिन्छ । व्यक्ति–व्यक्ति बिचको सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्ने, अत्यावश्यक काम बाहेक घर बाहीर ननिस्कने तथा निस्कनुपर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने गरि हाम्रो ब्यवहार सुधार गर्नुपर्ने देखिन्छं ।
हालसम्म काेराेनाको प्रभावकारी उपचार पद्धति पत्ता नलागेको हुंदा यसको सक्रमण हुनबाट आफूलाई जोगाउनु नै एकमात्र उपाय हो । तसर्थ आफ्ना बानि व्यहोरालाई सुधार गरी आफू र आफ्नालाई बचाउदै कोरोनालाई परास्त गरौं भन्न चाहन्छु ।
केन्द्रीय सरकारबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
केन्द्रीय सरकारले नीति नियम बनाउने, अफ्ठ्यारा परिस्थितीहरुमा स्थानीय तहहरुलाई हामीले गर्नुपर्ने कामहरुमा सहजिकरण गर्ने, नीति निमय अनुसार काम भएन नभएको अनुगमन गर्ने हो त्यो भैरहेको छ । केन्द्र सरकारको तर्फबाट हुनु पर्ने सहजिकरण भएको छ, हामीले गरेको हेस्टेमा हैंसे भएकै छ ।
कोरोना रोकथामको लागि केन्द्रीय सरकारले चाल्नु पर्ने कदमहरुमा यहाँको केही सुझाव छन् की ?
कोरोना संक्रमणको रफ्तार मकवानपुर जिल्लामा पनि पछिल्लो साता ह्वात्तै बढेको छ । हामी (मनहरीवासी) तराइ र काठमाडौं जोड्ने बोर्डरमा छौ । यहाँका होटल व्यवसायहरुलगायत विभिन्न उद्योगहरु सञ्चालित छन्, । त्यसैले गत सोमबार रातिबाट आगामी साउन ३२ गतेसम्मको लागि यस गाउँपालिकाको मनहरी बजार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञा मात्रै कोरोना रोकथामको उपाय हैन । केन्द्र सरकारसँग यस पालिकाको तर्फबाट एउटै अनुरोध यो छ कि : कोरोना संक्रमण जाँचको लागि पीसीआर परीक्षण बढाउँदै यसलाई सहज बनाउनु प-यो । केन्द्र सरकारले सर्वसाधारण जनताको लागि पनि पीसीआर जाँच गर्ने नीति नियम बनाइदिने हो भने कोरोना फैलने अवस्थामा नियन्त्रणमा ल्याउन सकिने थियो ।
अन्तमा
सबै गाउँपालिकावासीलाइ संयमित भएर, काेराेना विरूद्ध लाग्न अनुराेध गर्दछु । यस पालिकाकाे गतिविधि यहाँकाे सञ्चार माध्यममा स्थान दिनुभइ सचेतना अभिवृद्विमा साथ दिनुभएकाेमा यहाँकाे सञ्चार माध्यमलाइ पनि धेरै धेरै धन्यवाद छ ।