हेटौंडा । मकवानपुरकाे बागमती गाँउपािलकामा एक महिलाको बेवािरसे शव फेला परेको छ ।बागमती गाउँपालिका वडा नंबर ५ काे लिला वन स्थित बागमती नदी किनारमा पानीमा डुबेको अवस्थामा अन्दाजि ३०-३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले बताउनु भयाे ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनास्थलमा पुगी कानुनी प्रक्रिया पुरा गरि शवलाई परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइराखेकाे प्रहरीको भनाई रहेको छ । शवको पहिचान नभएको प्रहरीले जानकारी दिएकाे छ । महिलाको हुलिया अनुहार चेप्टो, वर्ण गहुँगोरो, मंगोलियन जस्तो देखिने, उचाई ५ फिट ४ ईन्च रहेको छ । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रवक्ता रानाले जानकारी दिनु भयाे ।