चितवन । हेटाैडा उपमहानगरपािलका वडा न १५ की सीता लाेफचन डिम्डुङले५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि भरतपुर स्थित चितवन मेडिकल अस्पताल आउनु भएको थियो । तत्कालै भिडियो एक्स–रे गर्दा बच्चाको तौल साँढे ४ किलो भन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए ।
हेटाैडा अस्पतालमा स्वास्थ्य जाचकाे लागि गएका डिम्डुङलाइ अस्पतालले चितवन मेडिकलकाे लागि रिफर गरेकाे थियाे । डिम्डुङले सोमबार विहान शल्यक्रियामार्फत बच्चा(छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.वसन्त शर्माले बताउनु भयाे । डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साँढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए अप्रेसन गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।
तेश्रो सन्तानको जन्म दिएकी सीताको पहिलो बच्चा ११ वर्षका छन् । उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए । दोश्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मिए । अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए । करिब ५ वर्ष देखि उक्त अस्पतालमा काम गर्दै आएका डा.शर्माले यति धेरै तौलको बच्चा अहिलेसम्म नदेखेको बताए । “यसअघि ४ किलो आठ सय ग्रामसम्मका बच्चा त देखेको हो तर ५ किलो भन्दा बढी तौल भएको बच्चा त पहिलो पटक देखियो”, उहाँले भन्नुभयाे।
नेपालमा सामान्यतया बच्चा ठूलो जन्मनुको कारण वंशाणुगत देखिएको डा.शर्माले बताउनु भयाे । ‘यद्यपी मधुमेहलगायतका समस्याका कारण पनि बच्चाको तौल बढी हुनसक्छ’, उहाँले भन्नुभयो । यी महिलाको भने वंशाणुगत तथा शारीरिक अवस्थाका कारण ठूलो बच्चा जन्मिएको उहाँको आंकलन छ । डिम्डुङको तौल ११० किलो र उचाई ५ दशमलव ६ फिट छ ।
नेपालमा औषतमा २ देखि ३ किलोग्रामको बच्चा जन्मिने गरेका छन् । डा.शर्माकाअनुसार विश्वभरको तथ्यांकमा ५ किलोग्राम माथीका बच्चा २० हजार जनामा एक जना जन्मन्छन् ।