मकवानपुर / कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राती १२ बजेबाट निशेधाज्ञा जारी गर्ने भएको छ । हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक बैठकले बजार क्षेत्र केन्द्रीत निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार बजार क्षेत्रमा मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निशेधाज्ञा जारी गर्ने निणय गरेको हो । उपमहानगरको १४ वटा वडामा संक्रमण देखिएपछि उच्च सतकर्ता अपनाउन सर्बसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।
मकवानपुुरमा २५ गते मात्रै २३ जनामा कोरोना पुष्टि भए संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले संक्रमण जोखिमलाई मध्यनजर गर्दै साउन ३२ गतेसम्म हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । कमाण्ड पोष्टले गरेको निर्णयपछि भोलि बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बाँकि निर्णयहरु सार्वजानिक गर्ने प्रजिअ नेपालले बताए ।
प्रशासनले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन् ।

बकैयाको सेवा बन्द
गाउँपालिकाको एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मकवानपुरको बकैया गाउँपालिकाले सबै सेवा बन्द गरेको छ । पालिकामा कार्यरत कर्मचारीको परिवारको सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पालिकाले सेवा प्रवाह बन्द गर्ने जनाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले आईतबारसूचना जारी गर्दै गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् ।