मकवानपुर/ साहित्यकार अप्सरा तिम्सिना लम्सालको स्मृतिमा तयार पारीएको वृत्तचित्र “स्मृतिमा अप्सरा” सार्वजनिक गरिएको छ । आँचल साहित्य कला पुञ्जको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम तथा वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र एनएस टेलीभिजनले तयार पारेको हो ।
भर्चुअल बसाईमा आयोजना गरिएको श्रद्धाञ्जली समारोह तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा साहित्यकार माया ठकुरीले अप्सराको स्मृत अझै ताजै रहेको बताउनु भयो । साहित्यकार अप्सराको रचना शत्तिको उच्च मुल्य रहेको बताउनु हुर्दै ठकुरीले भन्नुभयो “मोफसलमा रहेर उहाँले साहित्य सिर्जना, शिक्षण पेशा, परिवारक सामाजिक जिम्मेवारीबाट आफू समेत प्रभावित छु ।” “अप्सरा बहिनीले मलाई दिनु भएको उहाँका केही कृतिहरु मसँग अझै छन्, अब व्यक्ति हैन, पुस्तकालयलाई ति कृति उपलब्ध गराउने छु, उहाँको रचनालाई धेरैभन्दा धेरैले पढुन् भन्ने मेरो चाहाना सधैं रहने छ,” साहित्यकार ठकुरीले भन्नुभयो ।
साहित्यकार तिम्सिनाको स्वर्गारोहणपछि उहाँको स्मृतिमा तयार पारीएको वृत्तचित्रबाट उहाँलाई अझै चिनारी बढाएको कथाकार ललिता दोषिले बताउनु भयो । यसैगरी साहित्यकार तुल्सि थापाले सचेत सिर्जनशिल क्षमताकी धनि साहित्यकार अप्सराको साहित्यक भाषा अत्येन्तै मिठासपूर्ण भएको बताउनु भयो ।

कार्यक्रममा व्याङ्ग्यकार आर.सी चौलागाईं, साहित्यकारहरु उज्वल शर्मा भण्डारी,देवराज तिवारीलगातले उहाँको सपनालाई पूर्णता दिन सक्दा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । रमाइलो व्यवहार, मृदुभाषी स्वाभव सधैं स्मरणमा रहेको उहाँहरुले बताउनु भयो ।
साहित्यसँगै उहाँको शिक्षण सिप पनि अति नै राम्रो भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका श्रीराम दाहालले बताउनु भयो । “उहाँले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो, स्थानीय संघसंस्थाहरुमा पनि उहाँको नेतृत्व रहेको थियो, आफ्नो तर्फबाट सके र भ्याएजति लगााब राख्ने स्वाभावको हुनुहुन्थ्यो” दाहालले भन्नुभयो ।
आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निरा शर्मा, सुबास खनाल, दीपक गौतम, शान्तिप्रिय बन्दना, गणेशकुमार पौडेल, डीबि बर्तौलालगायतले साहित्यकार तिम्सिनाको अभावले मकवानपुर र सिङ्गो राष्ट्रको लागि अपुरणीय क्षति पुगेको बताए । वक्ताहरुले स्वार्गिय साहित्यकार तिम्सिनाको कृति रचनाहरुको बारेमा स्मरण गरेका थिए ।
उहाँको स्मरणमा आँचल साहित्य कला पुञ्जले “स्मृति ग्रन्थ” प्रकाशनको अन्तिम चरणमा पुगेको आँचलले जनाएको छ । साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले सार्वजनिक गरेको हाे । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको छायाङ्कन/सम्पादन र कृष्ण मरासिनीको चित्र सजावट तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलको आवाज रहेको वृत्तचित्र यहाँ हेर्न सक्नुहुने छ :