मकवानपुर / मकवानपुरको भिमफेदी कारागारबाट नौ महिना अगाडि भागेका कैदीलाई प्रहरीले आज आइतबार पक्राउ गरेको छ । सुरक्षा घेरा भित्र रहेको कारागारबाट गत कातिकमा ३० गते फरार कैदी सुनसरी रामधुनी नगरपालिका– ७ का वर्ष २५ कुलदिपराज धामीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
मकवानपर प्रहरीले पुर्वि नवलपरासिको रजहर पुलबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सुशिलसिंह राठोरले बताउनु भयो । सुनसरी जिल्लाका धामी २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका कैदी हुन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरालाई तोडेर फरार भएका धामीको खोजी जारी राखेको प्रहरीले कञ्चनपुरबाट चितवन तर्फ आउँदै गर्दा रजहरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरिक्षक राठोरले बताउनु भयो । प्रहरीले धामीलाई साउन १६ गते पक्राउ गरे पनि ३ दिनपछि आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ । कैदजीवन बाँकी नै रहँदा फरार भएका धामीले अब भुक्तान गर्न बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।