मकवानपुर/ मकवानपुर स्थायी घर भइ हाल अमेरिकामा रहदै आएकी अमृता नेपालको शब्दमा ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएकाे छ ।
द डिभाईन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा हेटौँडेली गायिका स्वस्तिका ढकालकाे स्वर रहेकाे छ । गायिका ढकालकाे स्वर रहेकाे पहिलो गीतमा गीतकार, साहित्यकार तथा सञ्चारकर्मी नेपालकाे शब्दलाइ संगीतकार अर्जुन पोख्रेलले संगीत भरेका छन् ।
गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । भिडियोको छायाँकन अनिशआयु बाबाले गरेका हुन भने भिडियोलाई सम्पादन सुशिल र सेशाले गरेका छन् ।
गीतकार नेपालले यस अघि नेपाली चलचित्रकाे लागि र आधुनिक गीत समेत लेखिसकेकी छन । विभिन्न प्रतिस्पर्धामा सांगेतिक क्षेत्रमा उत्रिएकी गायिका ढकालले सफतला समेत हाँसील गरेकी छिन् । उनी नेपाल आइडलबाट चर्चामा आएकी हुन ।