मकवानपुर/ बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १० जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म प्रदेशमा ९ सय ८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको रसुवा जिल्लाका सबै (११ जना) कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् भने यस जिल्लामा पछिल्ला २४ घण्टामा नयाँ संक्रमित भेटिएको छैनन् ।
हालसम्म प्रदेशको काठमाडौंका २ सय ७६, ललितपुरका ८१, भक्तपुरका ५१, नुवाकोटका ३६, धादिङ १ सय ३०, चितवन १ सय २१,सिन्धुली २४,मकवानपुर ४३, रामेछाप ३५, दोलखा १०, काभ्रेपलाञ्चोक २१ र सिन्धुपाल्चोकका ६९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोनाको कारण देशभर ४४ जनाको मृत्यु भएकोमा यस प्रदेशको १० जना रहेको मन्त्रालयका प्रवक्ता डा. पुरुशोतम राज सेढाईंले बताए । हाल यस प्रदेशमा ३ सय १७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।