आमसञ्चारको मर्म र धर्मको पालना होस

सबैभन्दा पहिले त सहीखबर साप्ताहिक परिवारलाई नवौं वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई । हामी सबै क्षेत्रमा सबै जात, वर्ग, लिड्डको समान सहभागीता, समावेशीताको आवाज उठाइरहेका छौ, संविधानमा पनि यसै अनुसारको व्यवस्था गरिएको छ ।
आमसञ्चार यस्तो क्षेत्र हो, जहाँ हरसमय, हरकुराको जानकारीसँग अपडेट रहनु पर्ने हुन्छ । हरतह र तप्काका व्यक्तिहरुसंग पहुँच राख्नुपर्ने हुन्छ । यि कार्य अवश्य पनि कम्ता चुनौतीपूर्ण छैन । नेपालको परिपेच्छेमा घर गृहस्थित सम्हाल्ने वर्ग भनेर पछाडी पारिदै आएका महिला वर्गहरुलाई अझैपनि आमसञ्चारमा आउनै गाह्रो छ । घरपरिवारबाट सहज बातावरण प्राप्त भएर आमसञ्चारमा आएका पत्रकारहरु महिलाहरुलाई टिकाइराख्नको लागि झनै चुनौति छ । केही समयसम्म केही वर्ष सञ्चार जगत्मा रमाउने र पलायन हुनुपर्ने बाध्याताहरु छन् महिलाहरुका लागि ।
मकवानपुरको हेटौंडामा रहेर डेढ दशकबढी समयदेखि पत्रकारितामा संलग्न सरिता दाहालले आफ्नो एकल प्रयासमा सुरु गरेको सहीखबर साप्ताहिक पत्रिकाले आज ८ वर्ष पुरा गर्दै अनलाईमा संस्करण समेत सुरु भएको छ यो सुन्न पाउँदा धेरै खुशी लागेको छ । मोफसलमा रहेर मिसन पत्रकारिता गर्ने सरिता जी को यो यात्रा कम्ती चुनौतिपूर्ण थिएन ।
तर पनि बिचलित नभई अनरवत लागिरहेकै कारण आजको यो सफलता उहाँलाई मिलेको हो । महिला प्रकाशक÷सम्पादक भएर पत्रिकालाई सफलतापूर्वक रुपमा अगाडी बढाइरहनु झनै चुनौतिपूर्ण र संघर्षशिल कार्य हो ।यो सफलताको लागि फेरीपनि पत्रिका परिवारलाई हार्दिक बधाई, आगामी दिनमा पनि अझै सफलता मिलोस् शुभकामना । यो सफलतासंगै आम नागरिकको सु–सुचित हुने हकको संरक्षणमा अहोरात्र लाग्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।
पत्रिका मार्फत् स्थानीय स्तरमा नै रहेर भएपनि शोषित पीडितहरुको आवाज बुलन्द गर्नमा अझै प्रयास गर्नुहोला । आम सञ्चारको मर्म र धर्मलाई पालना गर्दा आगामी दिनमा समाजको मार्गदर्शका बन्न यो पत्रिका सफल होस् पत्रिकाको वार्षिक उत्वसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ।
विकास निर्माणमा सहकार्य होस्

मकवानपुर जिल्लामा महिलाहरु मात्रैको पहलमा नियमित प्रकाशन भैरहेको सहीखबर साप्ताहिक पत्रिकाले आठौं वर्ष पुरा गरी नवौं वर्ष प्रवेश गरेको अवसरमा पत्रिका परिवारलाइ हार्दिक
बधाई । यस पत्रिकाले विगतमा महिला तथा बालबालिकाहरुको विभिन्न सवालहरुलाई उठाउँदै आएको हामीले पाएका छौ । साथै स्वास्थ्य, शिक्षाको सवालमा पनि यो पत्रिकाले उठाउने गरेको सवालहरु पठनिय छन् ।
देश संघीयताको अभ्यास चरणका रहेको बेला स्थानीय सरकारले स्थानीय तहमा गरेको विकास निर्माण, जनसमुदायको परिचालन, विकास निर्माणमा स्थानीय समुदायको योगदानलाई सशक्त पार्ने चेतनामूलक
जानकारीहरु पनि आमसञ्चारमार्फत अगाडी बढाउन सके अझै राम्रो हुने थियो । स्थानीय पत्रिका भएकोले स्थानीय तहमा भए गरेका काम, पारदर्शिता, स्थानीय नागरिकको जवाफदेहीता प्रवद्र्धन गर्ने प्रकारका सामग्रिहरु पनि प्राथमिकतामा राखेर प्रकाशन गर्न सकेको अवस्थामा आमसञ्चारले स्थानीय विकास निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ ।
आगामी दिनमा यस्ता कदमहरुमा स्थानीय निकायसँग सहकार्य गर्न सकोस् शुभकामना ।
साथै पत्रिकाको अनलाईन संस्करण पनि सुरु हुन लागेको जानकारीले हामीलाई खुसि लागेको छ । ग्रामिण क्षेत्रको समाचार तथा गतिविधिहरु पनि अनलाइनमा समेट्न सकोस् भन्ने अपेक्षा राख्दछौं ।
सामाजिक न्यायको पाटोमा कलम चलोस्

सर्व प्रथमतः सहीखबर परिवारलाई हार्दिक बधाई । पत्रिकाले आठ वर्ष पार गरेको छ । नवौं वर्षको सुभारम्भसँगै अनलाइन संस्करण पनि सुरु भएकोमा बधाई तथा आगमी दिनमा अझै सफलताको लागि शुभकामना छ । यस पत्रिकाले विगतमा मनहरी गाउँपालिकाको सामाजिक तथा भौतिक विकासको पाटोमा निगरानी राख्दै आएको हामीले पाएका छौ ।
काममा दौरानमा भएका सानातिना त्रुटीलाई सुझावको रुपमा र सकारात्मक कामलाई उदाहरणको रुपमा प्रस्तुत गरेर गाउँपालिकालाई अगाडि बढ्न सहजिकरण गर्दै आएको छ । यसमा हामी पत्रिका परिवारप्रति आभारी छौ । सकारात्मक र सुझावमुलक समाचारहरुलाई उच्च प्राथमिकतामा प्रकाशन गर्दै आएको ।
यो हाम्रालाई पनि खुसिको कुरा हो । पत्रिकाले महिला, बालबालिका, सिमान्तकृत, तथा विपन्न समुदायको सवाललाई मुख्य प्राथमिकता दिएको हामीले पाएका छौ ।
आगामी दिनमा स्थानीय क्षेत्रको विकास निर्माण, पर्यटन प्रवद्र्धन, सुशासन तथा सामाजिक न्यायको सवालमा स्थानीय सरकारले गरेको काम, स्वयम् स्थानीय निकायहरुले भोग्दै आएका समस्यालगायतको सवालमा पनि आम सञ्चारम माध्यमहरुले आवाज उठाउनु जरुरी छ । यस्ता कुराहरुमा यस पत्रिका तथा अनलाईनले अझै ध्यान पु¥याउने आशा गरेका छौ ।
अझै सशक्त बनोस्

बागमती प्रदेश कार्यालय, हेटौँडा
मोफसलमा रहेर पनि मकवानपुर जिल्लामा महिलाहरू मात्रैको पहलमा नियमित प्रकाशन भइरहेको सहीखबर साप्ताहिक पत्रिकाले आठौं वर्ष पुरा गरी नवौं वर्ष प्रवेश गरेको अवसरमा सहीखबर परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।
साथै नवौं वर्षगाँठको अवसरमा पत्रिकाको अनलाईन संस्करण पनि सुरु हुन लागेको जानकारीले हामीलाई खुसि लागेको छ । अहिलेको विद्युतीय सञ्चारको युगमा आफूलाई समयानुकूल ढाल्दै लगेको यस अनलाइन संस्करणले स्थानीय जनताका आवाजका साथै ग्रामीण क्षेत्रको समाचार तथा गतिविधिहरू पनि समेट्न सकोस् भन्ने अपेक्षा राख्दछौं ।
महिला तथा बालबालिकाहरूको सवालहरूलाई उठाउँदै आएको सहीखबर साप्ताहिकले पछिल्लो समय पत्रिकाले शिक्षा र स्वास्थ्यलाई पनि स्थान दिँदै आएको छ । अब देश संघीयताको अभ्यासमा रहेको बेला प्रदेश राजधानीको चुनौतिलाई चिर्दै प्रदेश सरकार र स्थानीय तहले गरेको विकास निर्माण,जनसमुदायको परिचालन, विकास निर्माणमा स्थानीय समुदायको योगदानलाई सशक्त रूपमा आमसञ्चारमार्फत अगाडि बढाउने विश्वास लिएका छौं ।
स्थानीय पत्रिका भएकोले स्थानीय तहमा भए गरेका काम, पारदर्शिता, स्थानीय तह तथा नागरिकको जवाफदेहीता प्रवर्धन गर्ने प्रकारका सामग्रीहरू पनि प्राथमिकतामा राखेर प्रकाशन गर्न सकेको अवस्थामा सहीखबर साप्ताहीक पत्रिकाले स्थानीय विकास निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ शुभकामना ।
सफलताको शुभकामना

मकवानपुरमा पहिलो पटक महिलाबाट नै प्रकाशित सहीखबर साप्ताहिक पत्रिका अहिले ‘क’बर्गमा छ । महिला प्रकाशक/सम्पादक भएको यस पत्रिकाले हरेक अंकमा नयाँ र खोजमुलक समाचार र यहाँको स्थानिय समाचारलाई बढी प्राथमिकता दिदै आएको छ । यस साप्ताहिक पत्रिका प्रकाशनमा लाग्नुभएकी सरिता दाहालले २०६० सालबाट हेटौडाका विभिन्न संचारमाध्यममा काम गर्दै चुनौती खेप्दै आफ्नै पत्रिका प्रकाशन गरेर यो तहमा ल्याउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।
अहिले पनि स्थानीय समाचारलाई प्राथमिकता दिदै आएको यस पत्रिकाले आर्थिक सामाजिक,न्याय जस्ता विषय वस्तुलाई बढी प्राथमिकता दिएको मैले पाएको छु । प्रकाशक दाहालले महिला भएकै कारण आफू कार्यरत मिडिया हाउसबाट समेत निकै चुनौती सामना गर्न परेको तितो यथार्थबाट हामी जानकार छौ ।
चाहे जस्तो सुकै अवस्था किन नआओस् उहाँले आफ्नो कामलाई निरन्तरता दिनुभएको हामीले पाएका छौ ।उहाँको आँट र हिम्मतमा यसभन्दा अगाडिका मिडीयाले त्यती साथ नदिएपछी उहाँले आफ्नै प्रकाशनमा सहीखबर पत्रिका सुरु गर्नुभयो ।
हाल नेपाल पत्रकार महासंघ मकवानपुरको उपाध्यक्ष समेत रहुनभएकी दाहालका अगाडी पत्रिका निरन्तर प्रकाशित गर्न र अबका दिनहरुमा यही पत्रिकालाई दैनिक पत्रिकाको रुपमा सञ्चालन गर्नका लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।
अधिकारको लडाईंमा साथ छौं

मानव अधिकार तथा न्यायको लागि सहीखबर साप्ताहिकले अमूल्य योगदान दिएको मैले पाएको छु । अन्यायमा परेकाहरुको न्यायका लागि आमसञ्चारको क्षेत्रबाट सहीखबरले विगत ८ वर्षदेखि लगातार योगदान गरिरहेको छ । आफ्नो ८ औं वार्षिक उत्सवसँगै साप्ताहिक पत्रिकाले अनलाइन संस्करण समेत सुरु गरेकोमा झनै खुसि लागेको छ ।
पत्रिका नियमित पाउने जमर्को गर्दा गर्दैपनि छुट्ने, उपलब्धतामा असहजता हुनेजस्ता समस्याको बीचमा अब अनलाइन संस्करणले सारा समस्या हटाउने छ । यसको लागि पत्रिका परिवारलाई बधाई छ । मानव अधिकारको अभियानमा यस पत्रिकाले सदाझै आगामि दिनमा पनि महत्वपूर्ण योगदान गर्ने छ भन्ने अपेक्षा हामीले गरेका छौं । मकवानपुरमा पहिलो पटक महिलाबाट नै प्रकाशित सहीखबर साप्ताहिक पत्रिका अहिले ‘क’ वर्गमा छ । महिला प्रकाशक÷ सम्पादक भएको यस पत्रिकाले हरेक अंकमा नयाँ र खोजमुलक समाचार र यहाँको स्थानिय समाचारलाई बढी प्राथमिकता दिदै आएको छ । यस साप्ताहिक पत्रिका प्रकाशनमा लाग्नुभएकी सरिता दाहालले २०६० सालबाट हेटौडाका विभिन्न संचारमाध्यममा काम गर्दै चुनौति खेप्दै आएको हामीले नजिकैबाट नियालेका छौ ।
हिमराइट्सको मानव अधिकार अभियानमा सहीखबर टीमले सधैं साथ दिंदै आएको छ । आगामी दिनमा पनि उसैगरी साथ पाउने अपेक्षा हिमराइट्स परिवारले राखेको छ । उहाँको विभिन्न समयमा हामी साथै रहने जमर्को गरेका छौ र गरिरहने छौं । सत्यतथ्य समाचार प्रकाशनमा सहीखबर टिमलाई सदा
सर्वदा सबैपक्षको साथ मिलोस् शुभकामना छ । विगतमा प्राथमिकता दिंदै आएको विषयहरुसँगै आर्थिक सामाजिक, न्याय जस्ता विषय वस्तुलाई बढी प्राथमिकता दिने गरोस् ।
हार्दिक बधाइ तथा शुभकामना

बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित पत्रकार महिलाहरुबाट मात्रै सञ्चालित सहीखबर साप्ताहिक आठ बर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको खबरले हामीलाई हर्षित बनाएको छ । समाजका गरिब,विपन्न तथा सीमान्कृत समुदायको आवाज बन्दै अझै यो पत्रिका नागरिकमैत्री बन्न सफल होस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पत्रिकाको उन्नतीको कामना गर्दछु ।
साथै साप्ताहिक रुपमा प्रकाशित पत्रिकाले आफूलाई समायानुकुल गर्दै अनलाई संस्करण समेत सुरु गरेकोमा यसको लोकप्रियता अझै बढेको हामीले पाएका छौ । आगामी दिनमा सहीखबर सञ्चार गृहको अझै प्रगतिको कामना । हर व्यक्तिको मन मनमनमा बस्न सफल होस् शुभकामना छ ।
प्रदेशकै उत्कृष्ट बनोस्

बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशन हुँदै आएको सप्ताहिक पत्रिका सहीखबर आठ वर्ष पुरा गरी नवौं बर्षमा प्रवेश गरेको अवसरमा सहीखबर टिमलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
पत्रकारितामा झण्डै एक दशक लामो अनुभव बटुलेपछि आठ वर्षअघि यसका सम्पादक सरिता दाहाल जी को एकल प्रयासमा सुरु भएको यो पत्रिका अझ धेरै अघि बढ्नेछ भन्नेमा म ढुक्क छु । व्यवसायिक पत्रकारहरुको टिम नैं यसमा संलग्न भएको हुँदा यसले पस्कने सामग्री पाठक वर्गका लागि अत्यन्तै सुचनामुलक, जानकारीमुलक र अभिलेख योग्य रहेको छ ।
२०६२/०६३ को जनआन्दोलनपछि सञ्चार क्षेत्रमा आएको तिव्र प्रतिष्पर्धाका बिचमा उहाँहरुले आफूलाई अब्बल साबित गर्नुभएको छ । उहाँहरुको मेहेनत र पाठकवर्गको मायाले नै नेपाल सरकारको मुल्यांकनमा यो पत्रिका ‘क’वर्गमा रहेको मेरो बुझाई छ ।
नवौं वर्ष प्रवेश गरेको अवसरमा अब यो पत्रिका डिजिटल प्लेटफर्मममा समेत उपलब्ध हुनेछ भन्ने सुन्न पाउँदा धेरै खुसि लागेको छ । हात–हातमा पत्रिका पुग्न नसकेका ग्राहकवर्ग र इन्टरनेटको सहज पहुँच भएका ग्राहक वर्गका लागि यो सहजताको लागि सहीखबर टिम धन्यवादको पात्र हुनुहुन्छ ।
आगामी दिनमा प्रदेश भरकै एक नम्वरको साप्ताहिक पत्रिकाको रुपमा उभ्याउन सफल हुनुहोस् भन्ने शुभकामना सहित सम्पादक सरिता दाहाल र टिमलाई पुनःबधाई भन्न चाहन्छु ।
बधाई सहीखबर टिमलाई

बागमती प्रदेशको राजधानी हेटौंडा बाट प्रकाशित “क”वर्गको सहीखबर साप्ताहिक पत्रिका आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक मंगलमय सुभकामना दिन चाहन्छु ।
महिला संचारकर्मीहरुको सामुहिक प्रयासमा ८ वर्षदेखि निरन्तर प्रकाशित साप्ताहिक पत्रीका अझै परिस्कृत र उत्कृष्ट समाचार मार्फत आम पाठकको मन जित्न सकोस हार्दिक सुभकामना छ ।
समाजको समग्र पाटोको समाचार, विचार तथा सन्देशहरु समेट्नको लागि सहीखबर टीमलाई हाम्रो सुझाव छ ।
बधाई छ सहीखबर

यस प्रतिष्ठानको जिल्ला शाखा सचिव सरिता दाहालद्धारा प्रकाशित÷सम्पादीत सहीखबर पत्रिका नवौं वर्ष प्रवेश गरेको यो सुखद अवसरमा यो जुझारु, प्रगतिशील महिलाहरुको सिड्डो टिमलाइ अझ पाठकको मन मनमा रहने गरी कार्य सफलताको कामना छ ।
विद्यार्थी, युवा, बृद्ध सबैलाई मन पर्ने बिषय बस्तु समेटिएको सहि खबर पत्रीका पढ्न पाउने अपेक्षा गर्दै आगामी दिनमाअझ उन्नति प्रगतिका लागि शुभ रहोस् भन्ने शुभकामना दिन चाहान्छु । पत्रकारिता मार्फत देशको समृद्धि तथा सकारात्मक योगदनाको लागि सधैं खबरदारी जारी राख्न यो टिमलाई हाम्रो सधैं साथ रहने छ ।
बधाई तथा शुभकामना

मकवानपुरका पत्रकार महिला हरु बाट मात्र संचालित बागमती प्रदेश को राजधानी हेटौँडा बाट प्रकाशित सहीखबर साप्ताहिक सफलता पूर्वक आठ बर्ष पुरा गरी नवौ वर्ष मा प्रवेश गरेको खबरले हर्षित बनाएको छ । सम्पूर्ण महिलाहरुको शिर उच्च स्थानमा पुगेको छ ।
समाज का गरिब, असहाय र सीमान्कृत समुदायको आवाज बन्दै अझै यो पत्रिका नागरिकमैत्री बन्न सफल होस्, हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दै पत्रिका को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको सवाललाई पनि स्थान दिनको लागि सुझाव दिन चाहन्छु ।