एजेन्सी । दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन शेयरिङ फिचर थपिएको छ ।
फेसबुकका अनुसार मेसेन्जर एपका एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन प्राप्त गर्नेछन् । अहिलेसम्म यो फिचर केवल मेसेन्जरको वेब भर्सनमा मात्रै उपलब्ध थियो जुन अब एप भर्सनमा समेत रोलआउट भएको हो ।