हेटौडा । शनिबार एक सय तीन जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । याे कोरोना संक्रमितको ६६.२३ प्रतिशत हाे । हालसम्म ११ हजार ६ सय ३७ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वताए ।
प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ मा सात सय ४९ जना डिस्चार्ज भएको छन् । प्रदेश २ मा दुई हजार ६ सय ३३ जना, बागमती प्रदेशमा चारस सय ३२ जना, गण्डकी प्रदेशमा नौ सय ४६, प्रदेश ५ मा तीन हजार सात सय १५, कर्णाली प्रदेशमा एक हजार चार सय ९२ जना, सुदुरपश्चिम प्रदेशमा एक हजार ६ सय ७० जना छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार थप ५७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १७ हजार पाँच सय दुई जना पुगेको छ ।