हेटाैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल बरामद गरेको छ । चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको प्रहरी उपरिक्षक राठोरले वताउनुभयो ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर राठौँरले बताए । उक्त अफिमको बजार मुल्य ५ लाख बराबरकाे भएकाे बताइएकाे छ । अफिम ओसार्ने माेटरसाइक सवार दुइजना भने फरार रहेकाेमा खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।